९० युवा खेलाडी बन्द प्रशिक्षण शिविरमा
काठमाडाैँ, १६ कात्तिक । राष्ट्रिय खेलकूद परिषद्अन्तर्गतको विज्ञान प्रतिष्ठानले शुरु गरेको युवा खेलाडी प्रशिक्षण शिविरबाट नयाँँ खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ ।नजिकिँदै गरेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता र नेपालमै हुन लागेको १३औँ साग प्रतियोगितालाई ध्यानमा राखेर उक्त प्रतिष्ठानले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १० दिने प्रशिक्षण दिइरहेको छ । परिषद्ले विसं २०७२, २०७३ र २०७४ मा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई सहभागी गराई प्रशिक्षण दिइरहेको हो । यही कात्तिक १० गतेदेखि शुरु भएको प्रशिक्षण १९ गते सकिनेछ । प्रशिक्षणमा १३ वर्षदेखि १९ वर्षसम्मका खेलाडी सहभागी छन् ।
गत शनिबारदेखि शुरु भएको प्रशिक्षणमा कराँते, उसु, तेक्वान्दो र एथलेटिक्सका युवा खेलाडी सहभागी छन् । सातदोबाटोस्थित कराँते प्रशिक्षण केन्द्रमा कराँतेको प्रशिक्षण भइरहेको छ । तेक्वान्दो र उसु त्रिपुरेश्वर राखेप कभर्डहलमा तथा एथलेटिक्स मूलपानीस्थित क्रिकेट मैदानमा भइरहेको छ । प्रशिक्षणमा तेक्वान्दो, कराँते, उसु र एथलेटिक्सका ९० खेलाडी सहभागी छन् ।राखेप सदस्यसचिव केशवकुमार विष्टले विद्यालय तहदेखि नै राष्ट्रिय प्रतियोगिता हुँदै दक्षिण एशियाली खेलकूदसम्म खेलाडीले नतिजामूलक उपलब्धि हासिल गर्न सकुन् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए ।
“हामी साग र आठाैँ राष्ट्रिय खेलकूदको तयारीमा छौँ, उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउनु प्रशिक्षणको मुख्य उद्देश्य हो”, उनले भने । विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिभावान र नयाँ खेलाडीको कमी हुँदै आएकाले सोको पूर्तिका लागि युवा खेलाडीलाई प्रशिक्षण दिइएको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।राखेपले युवा खेलाडीलाई प्रशिक्षण र अध्ययन दुवैको मौका दिने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालको प्रदर्शन राम्रो हुने उनको भनाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजामूलक उपलब्धि हासिल गर्ने र युवा खेलाडीको क्षमता वृद्धि गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको राखेपले जनाएको छ ।
November 2, 2018 11:35 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)