

९० युवा खेलाडी बन्द प्रशिक्षण शिविरमा

काठमाडाैँ, १६ कात्तिक । राष्ट्रिय खेलकूद परिषद्अन्तर्गतको विज्ञान प्रतिष्ठानले शुरु गरेको युवा खेलाडी प्रशिक्षण शिविरबाट नयाँँ खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ ।नजिकिँदै गरेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता र नेपालमै हुन लागेको १३औँ साग प्रतियोगितालाई ध्यानमा राखेर उक्त प्रतिष्ठानले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १० दिने प्रशिक्षण दिइरहेको छ । परिषद्ले विसं २०७२, २०७३ र २०७४ मा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई सहभागी गराई प्रशिक्षण दिइरहेको हो । यही कात्तिक १० गतेदेखि शुरु भएको प्रशिक्षण १९ गते सकिनेछ । प्रशिक्षणमा १३ वर्षदेखि १९ वर्षसम्मका खेलाडी सहभागी छन् ।
गत शनिबारदेखि शुरु भएको प्रशिक्षणमा कराँते, उसु, तेक्वान्दो र एथलेटिक्सका युवा खेलाडी सहभागी छन् । सातदोबाटोस्थित कराँते प्रशिक्षण केन्द्रमा कराँतेको प्रशिक्षण भइरहेको छ । तेक्वान्दो र उसु त्रिपुरेश्वर राखेप कभर्डहलमा तथा एथलेटिक्स मूलपानीस्थित क्रिकेट मैदानमा भइरहेको छ । प्रशिक्षणमा तेक्वान्दो, कराँते, उसु र एथलेटिक्सका ९० खेलाडी सहभागी छन् ।राखेप सदस्यसचिव केशवकुमार विष्टले विद्यालय तहदेखि नै राष्ट्रिय प्रतियोगिता हुँदै दक्षिण एशियाली खेलकूदसम्म खेलाडीले नतिजामूलक उपलब्धि हासिल गर्न सकुन् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए ।
“हामी साग र आठाैँ राष्ट्रिय खेलकूदको तयारीमा छौँ, उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउनु प्रशिक्षणको मुख्य उद्देश्य हो”, उनले भने । विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिभावान र नयाँ खेलाडीको कमी हुँदै आएकाले सोको पूर्तिका लागि युवा खेलाडीलाई प्रशिक्षण दिइएको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।राखेपले युवा खेलाडीलाई प्रशिक्षण र अध्ययन दुवैको मौका दिने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालको प्रदर्शन राम्रो हुने उनको भनाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजामूलक उपलब्धि हासिल गर्ने र युवा खेलाडीको क्षमता वृद्धि गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको राखेपले जनाएको छ ।
November 2, 2018 11:35 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

