बार्सिलोनाको कठिन जित, मेस्सीबिनाको बार्सिलोनामा स्वारेज चम्किए
काठमाडौँ, १८ कात्तिक । गएराति भएको स्पेनिस ला लिगामा भएको रोमाञ्चक खेलमा लुइज स्वारेज नायक बन्दा बार्सिलोनाले रायो भा रायो भालेसानोविरुद्ध ३-२ गोलको जित निकाल्न सफल भएको छ ।बार्सिलोनाका लागि खेलको १० औं मिनेटमा स्वारेजले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा भालेसानोका पोजोले बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवात बार्सिलोनाले सोचेजस्तो भएन ।
खेलको ७५ औं मिनेटमा ग्रासियाले गोल गर्दा भालेसानोले खेलमा अग्रता बनायो । यस सिजन उच्च लय आउन प्रयासरत बार्सिलोनाका लागि खेलको ८७ औं मिनेटमा डेम्बेलेले उत्कृष्ट गोल गरे । खेल दुई दुई गोलको बराबरीमा रहेको थियो । गएको हप्ता एल क्लासिकोमा ह्याट्रिक गरेका लुइज स्वारेजले आफ्नो जिम्मेवारीलाई बखुवी निभाउने प्रयास गरे । खेल सकिन केही समय बाँकी रहँदा उनले गोल गर्दै बार्सिलोनालाई जित दिलाउन सफल भए ।
यो जितसंगै बार्सिलोनाको ११ खेलबाट २४ अंक भएको छ । बार्सिलोना अंक तालिकाको शिर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले लेगानेससँग एकएक गोलको बराबरी खेल खेलेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी