आइपिएलः वीरेन्द्र सहबाग पंजाबको कोचबाट बाहिरिए, को बने नयाँ कोच ?
एजेन्सी। भारतीय टिमका पूर्व ओपनर विष्फोटक ब्याट्सम्यान वीरेन्द्र सहवागले आइपिएल टिम किंग्स इलेभेन पंजाबको साथ छोडेका छन् । अघिल्लो सिजन पंजाबका ब्याटिङ कोच रहेका सहवागले ट्वीट गर्दै आफू टिमबाट बाहिरिएको जानकारी दिएका हुन् । पंजाबले हालै आफ्ना हेडकोच बस्ट्रेलियाका ब्राड हजलाई हटाएर न्यूजिल्याण्डका पूर्व कोच काइकल हेसलाई नियुक्त गरेको थियो ।
यसपछि नै अनुमान गरिएको थियो कि सहवागले टिम छाड्नेछन् । सहवाग तीन वर्षदेखि टिमसँग जोडिएका थिए । वन डे करियरमा आठ हजारभन्दा धेरै रन बनाएका सहवागले ट्वीटमा लेखेका छन् ‘हरेक राम्रो कुरा कुनै न कुनै दिन अन्त्य हुन्छ । मैले किंग्स इलेभेन पंजाबका साथ राम्रो समय बिताएँ । दुई सिजन खेलाडी ३ सिजन कोचका रुपमा । मेरो किंग्स इलेभेन पंजाबसँग करार समाप्त भइसकेको छ । मैले जो समय यहाँ बिताएँ त्यसको लागि आभारी छु र टिमलाई भविष्यको लागि शुभकामना दिन्छु ।’
November 5, 2018 11:58 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी