ऋण तिर्न देउसीबाट विद्यालयलाई ११ लाख
बनियानी। झापाको बुद्धशान्ति गाउँपालिका–१ होक्सेस्थित त्रिभुवन माध्यमिक विद्यालयले स्कूल बसको ऋण तिर्न देउसी कार्यक्रम गरेको छ।विद्यार्थीको सुविधाका लागि खरीद गरिएको स्कूल बसको ऋण तिर्ने उद्देश्यले कात्तिक २२ गतेदेखि ३० गतेसम्म छ दिने देउसी कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले जानकारी दिए। बुद्धशान्तिको २३ वटा टोलमा खेलिएको देउसीबाट ११ लाख ३८५ सङ्कलन भएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर तिम्सिनाले यसअघि विद्यार्थी ओसार्नका लागि भाडामा बस सञ्चालन गर्दै आएको बताए। “नमूना विद्यालय बनाउन योजनाका साथ अघि बढेका छौँ”, उनले भने, ‘शैक्षिक गुणस्तरसँगै विद्यालयमा सुविधासमेत वृद्धि गर्न आवश्यक छ ।”विद्यालयको देउसी कार्यक्रममा अभिभावकीय भूमिका निर्वाह गर्नुभएका बुद्धशान्ति–१ का वडाध्यक्ष भीमकुमार नेवारले पछिल्लो समय देउसी रचनात्मक बन्दै गएको बताए।
November 17, 2018 12:26 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता