Sunday 9th November 2025

ऋण तिर्न देउसीबाट विद्यालयलाई ११ लाख

7 years अगाडी

बनियानी। झापाको बुद्धशान्ति गाउँपालिका–१ होक्सेस्थित त्रिभुवन माध्यमिक विद्यालयले स्कूल बसको ऋण तिर्न देउसी कार्यक्रम गरेको छ।विद्यार्थीको सुविधाका लागि खरीद गरिएको स्कूल बसको ऋण तिर्ने उद्देश्यले कात्तिक २२ गतेदेखि ३० गतेसम्म छ दिने देउसी कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले जानकारी दिए। बुद्धशान्तिको २३ वटा टोलमा खेलिएको देउसीबाट ११ लाख ३८५ सङ्कलन भएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर तिम्सिनाले यसअघि विद्यार्थी ओसार्नका लागि भाडामा बस सञ्चालन गर्दै आएको बताए। “नमूना विद्यालय बनाउन योजनाका साथ अघि बढेका छौँ”, उनले भने, ‘शैक्षिक गुणस्तरसँगै विद्यालयमा सुविधासमेत वृद्धि गर्न आवश्यक छ ।”विद्यालयको देउसी कार्यक्रममा अभिभावकीय भूमिका निर्वाह गर्नुभएका बुद्धशान्ति–१ का वडाध्यक्ष भीमकुमार नेवारले पछिल्लो समय देउसी रचनात्मक बन्दै गएको बताए।

          November 17, 2018 12:26 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...