उद्योगीको हकहितमा काम गर्छु: भवानी राणा
8 years अगाडी
Susma Dhakal
भोजपुर। उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रको विकासमा आफू लागिपरेको बताएकी छन्।भोजपुर उद्योग वाणिज्य सङ्घको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन उनले देश विकास लागि उद्योग वाणिज्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको र सम्पूर्ण उद्योग व्यवसायीको हकहितका लागि आफूले पनि काम गरिरहेको बताइन्।
कृषिलाई अगाडि बढाउन सके समाजको विकास भएकाले कृषकलाई सहुलियत दरमा ऋण दिलाउन महासङ्घ लागिपरेको उनले जोड दिइन्।प्रतिनिधिसभा सदस्य सुदन किराँतीले सबैको साथ र सहयोगबाट जिल्लाको विकास सम्भव भएकाले सबैको सहकार्य हुनुपर्ने बताए।
कार्यक्रममा जिल्लामा रहेका उत्कृष्ट उद्योगी, व्यवसायीका साथै वाणिज्य सङ्घको भवन निर्माणका लागि रु ५० हजारभन्दा माथि सहयोग गर्ने विभिन्न व्यक्ति तथा महासङ्घका प्रतिनिधिलाईसम्मान गरिएको थियो।
November 17, 2018 1:55 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...