आईसीसी महिला टी–२० विश्वकप : इंग्ल्याण्डले भारतलाई ८ विकेटले हरायो
आईसीसी महिला टी–२० विश्वकपको उपाधिका लागि इंग्ल्याण्ड र अष्ट्रेलिया खेल्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई ८ विकेटले हरायो भने अष्ट्रेलियाले वेष्ट इन्डिजलाई ७१ रनले पाखा लगायो ।टस जितेर पहिले ब्याटिङ गरेको भारत १९ ओभर तीन बलमा एक सय १२ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । राम्रो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो ।
तर त्यसपछि उसले एक सय रन पार गर्दा अरु सात विकेट गुमायो । भारतका लागि तानीया भाटियाले ११ रन बनाइन् भने स्मृति मन्दानाले ३४ रनको योगदान गरिन् । यस्तै जेमिमा रोद्रिगुइजले २६ रन बनाउदा हरप्रित कौरले १६ रन जोडिन् । तर त्यसपछिका खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए ।जसका कारण उपाधिको बलियो दावेदार भारत सस्तैमा खुम्चिन पुग्यो । बलिङतर्फ इंग्ल्याण्डका लागि हिथर नाइटले तीन तथा क्रिस्टि गोरडोन र सोफिले दुई दुई विकेट लिए ।
जवाफमा खराब सुरुवात गरेपनि इंग्ल्याण्डले १७ ओभर एक बलमा दुई विकेट गुमाउदै लक्ष्य पूरा गर्याे। चार रनमा पहिलो विकेट गुमाएको इंग्ल्याण्डले २४ रनमा दोस्रो विकेट खेर फाल्यो । तर त्यसपछि एमी जोन्स र नाटालीया सिभेर दुबैले अर्धशतक बनाउँदा इंग्ल्याण्डले सहज जित हात पर्याे । एमीले ५३ तथा नाटालीयाले ५२ रन बनाइन् ।
November 23, 2018 12:31 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :