यसैवर्ष जनकपुरमा रेल गुड्ने !
काठमाडौं। भारत सरकारको सहयोगमा सञ्चालित जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजनाको काम अन्तिम चरणमा छ । १० अर्बभन्दा बढीको यो परियोजना दुई वर्ष ढिला भए पनि यस वर्ष (सन् २०१८) भित्र जनकपुरवासीको ब्रोडगेज रेल चढने सपना पूरा हुने छाँट देखिएको छ।
जयनगर (भारत)–जनकपुर–कुर्था (३५ किलोमिटर), कुर्था–भंगहा (१७ किलोमिटर) तथा भंगहा–बर्दीवास (१७ किलोमिटर) गरी कुल ६९ किलोमिटर लामो रेल विस्तार तथा स्तरोन्नति परियोजना तीन चरणमा पूरा हुने नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझाले जानकारी दिए । प्रथम चरणमा जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरको निर्माण लगभग पूरा भइसकेको छ । ३५ किमिमध्ये ३० किमिमा फलामे रेललिक समेत जडान भइसकेको छ । इन्जिनियर ओझाका अनुसार यस रुटको पुल र कल्भर्टको निर्माण लगभग सम्पन्न भइसकेको छ ।
स्टेशनभवन, कर्मचारी आवास, प्लेटफर्मसँगै रेल लिकमा माटो पुर्ने, बोल्डर पुर्ने तथा फलामे लिक जडान गर्ने काम पनि लगभग पूरा भएको छ । इन्जिनियर ओझा यस रुटमा सन् २०१८ को अन्त्यसम्म रेल सेवा सञ्चालन भइसक्ने बताउँछन्, ‘निर्माण कम्पनीले अक्टुवरसम्ममा सिभिल काम पूरा गरी हस्तान्तरण गरिसक्ने प्रतिबद्धता जनाएको छ । यस वर्षभित्र जनकपुरवासीको ब्रोडगेज चढने सपना पूरा हुनेछ,’ ओझा कान्तिपुरसँग भने ।
दोस्रो चरणको कुर्थादेखि भंगहासम्मको रुटमा समेत धमाधम काम भइरहेको उनले जानकारी दिए । इन्जिनियर ओझाका अनुसार दोस्रो चरणको काम पनि तीव्र गतिमा हुँदैछ । अधिकांश पुल र कल्भर्टको निर्माण सम्पन्न भइसकेको छ । बाँकी पुल पुलेसाको निर्माण पनि हुँदैछ । माटो तथा बोल्डर पुर्ने काम ८० प्रतिशत पूरा भइसकेको उनले जानकारी दिए । रेल्वे स्टेशन, प्लेटफार्म, कर्मचारी आवासलगायतको भौतिक संरचना पनि द्रुत गतिमा भइरहेको उनले बताए । कान्तिपुर दैनिक
June 18, 2018 1:09 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)