निको हुँदै नेयमार र एमबाप्पे, बढ्यो लिभरपुलविरुद्ध खेल्ने सम्भावना
पेरिस, ८ मंसिर । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डद्वय नेयमार र किलियन एमबाप्पेको स्वास्थ्यमा सुधार भएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल दौरान चोट बोकेका उनीहरुले लिभरपुलविरुद्धको च्याम्यिनस लिग खेल्ने प्रबल सम्भावना बढेको छ ।पीएसजीका प्रशिक्षक थोमस टुचेलका अनुसार उनीहरुले शनिबार टोलुसोविरुद्धको लिग वान खेल्ने मौका गुमाए पनि लिभरपुलविरुद्ध खेल्ने सम्भावना भने रहेको छ । उनले शनिबार नै खेलाएर जोखिम नमोल्ने बताए ।
उनले अगाडि भने, ‘उनीहरु बुधबार राति लिभरपुलविरुद्धको खेलमा उपलब्ध हुने प्रबल सम्भावना छ ।’ब्राजिलले क्यामरुनलाई १–० ले पराजित गरेको खेलमा नेयमार घाइते भएका थिए । उनको तिघ्रामा खेलको आठौं मिनेटमै चोट लागेको थियो । त्यसैगरी, एमबाप्पेलाई उरुग्वेलाई १–० ले पराजित गरेको खेलमा काँधमा चोट लागेको थियो ।
बुधबार राती च्याम्पियन्स लिगको खेलअन्तर्गत घरेलु मैदानमा पीएसजीले लिभरपुलसँग खेल्दैछ । समूह ‘सी’ बाट नकआउट चरणमा प्रवेश गर्न दुवै टिम जित्नै पर्ने दबावमा छन् ।
November 24, 2018 10:20 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :