

बोका जुनियर्सका खेलाडीमाथि रिभर प्लेट क्लबका समर्थकहरूले आक्रमण गरेपछि

एजेन्सी, ९ मंसिर । अर्जेन्टिनामा एक हिंसात्मक घटनाका कारण फुटबल खेल पछि सारिएको मिडिया रिपोर्टमा उल्लेख छ ।मिडिया रिपोर्टका अनुसार बोका जुनियर्स फुटबल टोली चढेको बसमा कट्टर प्रतिस्पर्धी रिभर प्लेट क्लबका समर्थकहरूले आक्रमण गरेका थिए । उक्त घटनापछि कोपा लिबरटेडरेसको फाइनल खेल सारिएको हो।
उक्त खेल अगाडि भएको सो हिँसा घटनाका कारण कैयौँ खेलाडी घाइते भएका थिए।दक्षिण अमेरिकी क्लब प्रतियोगिताको उक्त फाइनल खेल र्जेन्टिनाको राजधानी ब्युनस आइरिजका दुई प्रतिद्वन्द्वी टोली बोका जुनियर्स तथा रिभर प्लेटबीच हुन लागेको थियो।
तर रिभर प्लेटका समर्थकहरूले बोका जुनियर्सका खेलाडी चढेको बसमा हमला गरेका थिए।भिडिओ फुटेजमा तिनले ढुङ्गा तथा ग्यास क्यानिस्टरले प्रहार गरेको देखिन्छ।बोका जुनियर्सका केही खेलाडीलाई फुटेका सिसाले घाउ लागेको थियो भने केहीचाहिँ प्रहरीले प्रयोग गरेको अश्रुग्यासबाट प्रभावित भए।
November 25, 2018 10:29 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

