स्टार खेलाडीहरु घाइते भएपछि बार्सिलोना समस्यामा
काठमाडौँ, ११ मंसिर । बार्सिलोनाका स्टार खेलाडीहरु घाइते भएका छन् । फरवार्ड लुइस स्वारेजसँगै ७ जना खेलाडी घाइते भएपछि बार्सिलोनालाई तनाब हुन थालेको छ ।केही दिन अगाडि भएको एट्लेटिको मड्रिडसँगको खेलपछि बार्सिलोनाका खेलाडीहरु राफिन्हा, सर्जी राबर्टो, लुइस स्वारेज, आर्थुर मेलो तथा ज्यास्पर सिलेसज घाइते भएका हुन् । त्यस्तै, यसभन्दा अघि सर्जी स्याम्पर र थोमास भर्माइलिन चोटको कारण थलिएका छन् ।
स्वारेजको दाइने घुँडामा चोट लागेको हो । उनको चोट निको हुन करिब २ हप्ता लाग्ने बताइएको छ । एट्लेटिको मड्रिडविरुद्धको खेलमा वार्मअप गर्दा गोलकिपर ज्यास्पर सिलेसन घाइते भएका थिए । उनको दाहिने खुट्टाको मसलमा समस्या आएको कारणले गर्दा उनले पनि २–३ हप्ता आराम गर्नुपर्ने भएको छ । त्यस्तै, आर्थुर मेलोको तिघ्रा पनि चोट लागेको कारणले उनी पनि पीएसभीविरुद्ध मैदानमा उत्रनेछैनन् ।
November 27, 2018 11:12 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)