

स्टार खेलाडीहरु घाइते भएपछि बार्सिलोना समस्यामा

काठमाडौँ, ११ मंसिर । बार्सिलोनाका स्टार खेलाडीहरु घाइते भएका छन् । फरवार्ड लुइस स्वारेजसँगै ७ जना खेलाडी घाइते भएपछि बार्सिलोनालाई तनाब हुन थालेको छ ।केही दिन अगाडि भएको एट्लेटिको मड्रिडसँगको खेलपछि बार्सिलोनाका खेलाडीहरु राफिन्हा, सर्जी राबर्टो, लुइस स्वारेज, आर्थुर मेलो तथा ज्यास्पर सिलेसज घाइते भएका हुन् । त्यस्तै, यसभन्दा अघि सर्जी स्याम्पर र थोमास भर्माइलिन चोटको कारण थलिएका छन् ।
स्वारेजको दाइने घुँडामा चोट लागेको हो । उनको चोट निको हुन करिब २ हप्ता लाग्ने बताइएको छ । एट्लेटिको मड्रिडविरुद्धको खेलमा वार्मअप गर्दा गोलकिपर ज्यास्पर सिलेसन घाइते भएका थिए । उनको दाहिने खुट्टाको मसलमा समस्या आएको कारणले गर्दा उनले पनि २–३ हप्ता आराम गर्नुपर्ने भएको छ । त्यस्तै, आर्थुर मेलोको तिघ्रा पनि चोट लागेको कारणले उनी पनि पीएसभीविरुद्ध मैदानमा उत्रनेछैनन् ।
November 27, 2018 11:12 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

