Tuesday 23rd December 2025

फिफाः विमानको इन्जिनमा आगो लाग्यो, बालबाल बचे साउदी फुटबल टीम

8 years अगाडी

मस्को – फिफा विश्वकपका लागि रसिया पुगेका साउदी अरबको समूह सोमबार बालबाल बचेका छन् ।  बुधबार उरुग्वेविरुद्धको खेलका लागि साउदी अरबको समूहलाई सेन्ट पिटर्सबर्गबाट रोस्तोव लिएर जाँदै गएको विमानको इन्जिनमा आकाशमा नै आगो लाग्यो । यद्यपी, रसियाली एयरलाइनसको एयरबस जेटले सुरक्षित अवतरण गरेको छ ।

एयरलाइन्सले विमानको इन्जिनमा चरा फसेका कारण विमानमा खराबी आएको हुनसक्ने आशंका व्यक्त गरेको छ । यद्यपी, एयरलाइन्सले विमानमा आगो लागेको खबरलाई भने अस्विकार गरेको छ । तर सोसल मिडियामा सेयर गरिएका भिडियोमा भने विमानमा आगो लागिरहेको देख्न सकिन्छ । यूएसए टुडेले पनि विमानमा आगलागी भएको बताएको छ ।

साउदी नेशनल टिमको आधिकारिक ट्वीटर अकाउन्टका अनुसार सबै खेलाडी सुरक्षित रुपमा आफ्नो होटल पुगिसकेका छन्, आगलागी एक दुर्घटना थियो ।

          June 19, 2018 10:08 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...