Monday 21st July 2025

रोनाल्डोलाई पछि पार्दै लियोनल मेस्सीले बनाए नयाँ रेकर्ड

7 years अगाडी

काठमाडौँ, १३ मंसिर । बुधबार राति सम्पन्न च्याम्पियन्स लिग खेलमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका छन् ।

पीएसभी आइनहोभेनविरुद्ध गोल गरेका बार्सिलोना कप्तान मेस्सीले एउटै क्लबबाट च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका छन् ।यसअघि पुर्व रियल मड्रिड स्टारले सर्वाधिक गोल गर्ने रेकर्ड बनाएका थिए । उनले एउटै क्लबाट १०५ गोलको रेकर्ड बनाएका थिए । तर, गएराति भएको खेलमा लियोनल मेस्सीले उक्त रेकर्ड तोड्न सफल भएका हुन् ।

खेलको ६१ औ मिनेटमा पिएसभीविरुद्ध गोल गरेका मेस्सीले नयाँ रेकर्ड बनाएका हुन् । मेस्सीले रोनाल्डोले एउटै क्लबबाट गरेको सर्वाधिक १०५ गोलको रेकर्ड तोडेका हुन् । रोनाल्डोले रियल मड्रिडमाबाट च्याम्पियन्स लिगमा १०५ गोल गरेका थिए । लियोनल मेस्सीले १०६ गोलको रेकर्ड बनाएका छन् ।

          November 29, 2018 12:05 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...