Sunday 9th November 2025

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

7 years अगाडी

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ। बुधबार ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासंघले जनाएको छ।

त्यस्तै बुधबार प्रतितोला ५७ हजार ३०० मा कारोवार भएको तेजावी सुनको मूल्य आज ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।त्यसैगरी आज चाँदीको मूल्य भने  भने बढेको छ। बुधबार ७ सय रुपैयाँले कारोबार भएको चाँदीको मूल्य आज ७०५ रुपैयाँमा बारोबार भइरहेको छ।

          November 29, 2018 12:45 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...