‘मोरिन्होलाई बर्खास्त गर’
काठमाडौँ, १६ मंसिर । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले खेल जित्न नसकेपछि म्यानुका फ्यानहरुले प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गर्न माग गरेका छन् ।साउथह्याम्टनसँग दुईदुई गोलको बराबरी खेल खेलेपछि मोरिन्होको जागिर धरापमा परेको हो । यस सिजन ६ खेलमा जित, ४ खेलमा बराबरी र चार खेलमा पराजित भएको म्यानुको जम्मा २२ अंक मात्र रहेको छ ।
गएको सिजन लिगलिडर म्यानचेस्टर सिटीलाई च्यालेन्ज गरेको म्यानु यस सिजन शिर्ष चारका लागि पनि प्रतिस्पर्धी नभएको फुटबल विश्लेषकहरु बताउँछन् ।मोरिन्होले टोली निर्माण गर्न नसकेको र सर्यौ मिलियन लगानीको सही सदुपयोग गर्न नसकेको विश्लेषकहरु बताउँछन् ।
अब जनवरी पछि म्यानुमा जोसे रहन्छन् वा रहँदैनन् यसबारे पनि विश्लेषकहरु विश्वस्त छैनन् । म्यानुको खेलमा सुधार नभए उनलाई बर्खास्त गर्नुृ उचित हुने उनीहरुको भनाइ रहेको छ । त्यस्तै म्यानुको फ्यानहरुले सामाजिक सञ्जाल मार्फत मोरिन्होलाई बर्खास्त गर्न दबाब दिइ राखेका छन् ।
December 2, 2018 11:43 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :