

पिएसजीको जितकाे यात्रामा बोर्डो बाधक बनेपछि
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, १७ मंसिर । फ्रेन्च लिग वानमा लिगलिडर पेरिस सेन्ट जर्मेनलाई बोर्डोले कडा टक्कर दिएको छ । गएराति भएको खेलमा पिएसजीलाई बोर्डोले दुईदुई गोलको बराबरीमा रोक्न सफल भएको छ ।पिएसजीका लागि नेयमार र केलियन एमबाप्पेले एकएक गोल गरेका थिए ।
बोर्डोका लागि जीमी ब्रान्ड र आन्द्रियास कोर्निलसले एक एक गोल गरे ।खेलको ३४ औं मिनेटमा नेयमारको गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।तर, ५३ औं मिनेटमा ब्रान्डले बराबरी गोल फर्काए ।
खेलको ६६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पुनः पिएसजीलाई अग्रता दिलाए । तर, खेलको ८४ औं मिनेटमा बोर्डोका कोर्निलसले गोल गरे ।१४ खेलमा शतप्रतिशत जित निकालेको पिएसजीलाई १५ खेलमा भने पिएसजी बराबरीमा रोकिएको हो ।यो बराबरी भएसँगै पिएसजीको १५ खेलमा ४३ अंक जोडेको छ । बोर्डोको १८ अंक रहेको छ ।
December 3, 2018 9:58 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

