पिएसजीको जितकाे यात्रामा बोर्डो बाधक बनेपछि
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १७ मंसिर । फ्रेन्च लिग वानमा लिगलिडर पेरिस सेन्ट जर्मेनलाई बोर्डोले कडा टक्कर दिएको छ । गएराति भएको खेलमा पिएसजीलाई बोर्डोले दुईदुई गोलको बराबरीमा रोक्न सफल भएको छ ।पिएसजीका लागि नेयमार र केलियन एमबाप्पेले एकएक गोल गरेका थिए ।
बोर्डोका लागि जीमी ब्रान्ड र आन्द्रियास कोर्निलसले एक एक गोल गरे ।खेलको ३४ औं मिनेटमा नेयमारको गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।तर, ५३ औं मिनेटमा ब्रान्डले बराबरी गोल फर्काए ।
खेलको ६६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पुनः पिएसजीलाई अग्रता दिलाए । तर, खेलको ८४ औं मिनेटमा बोर्डोका कोर्निलसले गोल गरे ।१४ खेलमा शतप्रतिशत जित निकालेको पिएसजीलाई १५ खेलमा भने पिएसजी बराबरीमा रोकिएको हो ।यो बराबरी भएसँगै पिएसजीको १५ खेलमा ४३ अंक जोडेको छ । बोर्डोको १८ अंक रहेको छ ।
December 3, 2018 9:58 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...