लिभरपुलको अपराजित यात्रा कायमै, टोटनहमको सहज जित
काठमाडौँ, २० मंसिर । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले सानदार कमव्याक गर्दै बर्लीलाई ३-१ गोलले पराजित गरेको छ ।पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् ।तर, दोस्रो हाफमा बर्लीले अग्रता बनाएको थियो । उसका लागि खेलको ५४ औ मिनेटमा ज्याक कोर्कले गोल गरेका थिए । एकगोलले पछि परेको लिभरपुलका लागि खेलको ६२ औ मिनेटमा जेम्स मिल्नरले बराबरी गोल फर्काएका थिए ।
खेलको ६९ औ मिनेटमा लिभरपुलका लागि फिरमिन्होले गोल गर्दै अग्रता दिलाए । खेल सकिनै लाग्दा यस सिजन उच्च फर्ममा रहेका जेण्डर साकिरीले गोल तेस्रो गोल गरे ।
यो जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीमाथि दबाब बनाइराख्न सफल भएको छ । १५ खेल खेलेको लिभरपुल ३९ अंकका साथ दोस्रो स्थानमा रहेको छ । बर्लीको ९ अंकका साथ १९ औ स्थानमा रहेको छ ।त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटनहमले साउथह्यामटनलाई ३-१ गोलले पराजित गरेको छ । यो जितसँगै टोटनहम लिगको तेस्रो स्थानमा उक्लेको छ ।
December 6, 2018 10:09 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :