Tuesday 25th February 2025

इपिएलःतेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।

6 years अगाडी

टियु क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा चितवन टाइगर्स र काठमाडौं किङसबीच प्रतिस्पर्धा हुनेछ । पृथु बास्कोटाको चितवन र सोमपाल कामीको काठमाडौंबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा ललितपुरसँगको हारले चितवनलाई दोस्रो चरणमा पुग्न काठमाडौंविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।

यता, काठमाडौं चितवनलाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा पोखरा र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । अपरान्ह १ बजे यी दुई टोलीबीचको खेल सुरु हुनेछ ।

पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससंग पराजित पोखरा इ पहिलो जितको खोजीमा हुनेछ । ललितपुर भने लगातार दोस्रो जित निकाल्ने योजना सहित मैदानमा उत्रनेछ ।

          December 10, 2018 10:57 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...