पोखरा राइनोजले विराटनगर वारियर्सलाई ८५ रनको झिनो लक्ष्य दिएको छ ।
एभरेष्ट प्रिमियर लिग अन्तर्गत दिनको पहिलो खेलमा कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा विराटनगरको बलिङसामू निरीह बन्यो । सुरुदेखि विकेट पतनको शिकार बनेको पोखराले पाँच रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर केल कोट्जर चार रन बनाएर आउट भए । पोखराले १९ रन बनाएको अवस्थामा चार विकेट गुमाएको थियो ।
यसक्रममा रिचार्ड लेभी ३ रनमा, शुवेन्दु पाण्डे शून्यमा र विनोद भण्डारी एक रनमा पवेलियन फर्किए । त्यसपछि पाउल कोलिनले २० रन बनाए भने राजेश पुलामी मगरले १७ रन जोडे । सुशान भारी सातौं विकेटका रुपमा आउट हुँदा पोखराले १७.३ ओभरमा ७८ रनमात्र बनाएको थियो ।
त्यसपछि पनि कुनै ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा पोखरा ८५ रनमा समेटियो । पोखरालाई सस्तैमा समेट्नका लागि पाउल भ्यान मेकेरेनले तीन विकेट लिए भने रोउल्फ भ्यान गर मार्वीले दुई तथा बसन्त रेग्मी र स्मित पटेलले १–१ विकेट लिए ।
December 11, 2018 12:06 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी