आर्मीका श्रेष्ठले जिते बैकुण्ठ मानन्धर हाफ म्याराथनको उपाधि
पोखरा, २६ मंसिर । पोखरामा भएको बैकुण्ठ मानन्धर गे्रट हिमालय पर्वतीय हाफ म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन् । १ घण्टा २१ मिनेट २६ सेकेण्डमा श्रेष्ठले २१ किलोमिटरको दुरीलाई पुरा गर्दै उपाधि जितेका थिए । नेपाली सेनाकै धावक कृष्ण बस्नेत भने १२ सेकेण्डले पछि पर्दै उपविजेतामा चिक्त बुझाए ।
बस्नेतले १ घण्टा २१ मिनेट ३८ सेकेण्डका समय लगाउँदै पुरा गरेका थिए । तेस्रो स्थानमा पनि नेपाली सेनाकै खगेन्द्र भाट आए । उनले दौडलाई १ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पुरा गरेका थिए । पाँचौ ग्रेट हिमालय पर्वतीय महोत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो ।
महिला तर्फको १० किलोमिटर दौडमा सरिता बासी प्रथम भईन् । उनले दौड ३५ मिनेट ३२ सेकेण्डमा पुरा गरिन् । त्यसैगरी दोस्रो स्थानमा ३६ मिनेट ३२ सेकेण्डमा पुरा गर्दै रेशु बस्नेत र ३७ मिनेट ४३ सेकेण्डको समयमा पुरा गर्दै भूमी बुढामगर तेस्रो भईन् । महिला तर्फको प्रतिस्पर्धामा केवल ५ जना धाविका संलग्न थिए । पुरुष हाफ म्याराथनमा २४ जना धावकहरुको सहभागिता रहेको थियो ।
हाफ म्याराथन पुरुष विजेतालाई नगद ५० हजार रुपैयाँ प्रदान गरिएको छ । उपविजेताले २५ हजार र तेस्रो स्थानमा आउने धावकले भने १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । महिला तर्फको दौड विजेता धाविकाले २५, १५ र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार राशीको प्रायोजन भने नबिल बैंकले गरेको समेत नेपाल पर्वतरोहण संघले जनाएको छ ।
December 12, 2018 12:13 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)