कुवेतमा २०५ औं भानु जयन्ती मनाईने
माधब शाही –
कुवेत – कुवेतमा २०५ औं भानु जयन्ती मनाईने भएको छ । विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा आउँदो जुलाई १३ तारिख कुवेतमा २०५ औं भानु तथा साहित्य श्रृंखला वाचन कार्यक्रम गरी मनाईने भएको हो ।
हिजो रमेस किराँती राईको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ कुवेतका सदस्य हरु बिच बसेको साइबर बैठकले उक्त कार्यक्रम गरीने निर्णय गरेको कार्यक्रम संयोजक राजेन्द्र बिरहीले बताए ।
विश्वभरका साहित्यकारहरु एकजुट होऔ नेपाली साहित्यलाई समद्ध बनाऔ भन्ने मूल उदेश्यका साथ स्थापना भयको विश्व नेपाली साहित्य महासंघ कुवेतले हरेक बर्ष विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै आएको छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका कोखबाट जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेका थिए ।
उनले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन्। प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीतासँगै विभिन्न फुटकर कविता कृति प्रकाशित छन् ।
आयोजकले कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार साथीहरुलेउक्त दिन कार्यक्रम नजुधाई दिनहुन र कार्यक्रमलाई सफल पार्न सहयोग गरीदिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हार्दिकअनुरोध समेत गरेको छ ।
कार्यक्रम हुने दिन : १३ जुलाई २०१८ (सुक्रवार)
स्थान: पपिन हल जिलिब
समय: बिहान ठिक १० बजे
सम्पर्क नं: ६६२६५२२६ / ६७७४९३६१ / ५०६६११७४/५०३०७३०३
June 19, 2018 6:31 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण