आजदेखि ‘ए’ डिभिजन लिग: आठौँ चरणका खेलहरू
काठमाडौँ, २७ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौँ चरणका खेलहरू बिहीबारदेखि हुनेछन् ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेलहरु बिहीबार, शुक्रबार र शनिबार हुनेछन् । बिहीबार दुई, शुक्रबार तीन र शनिबार दुईवटा खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।
बिहीबार हुने पहिलो खेलमा न्युरोड टीम (एनआरटी) र सरस्वती युथ क्लबबीच खेल हुनेछ भने दोस्रो खेलमा सङ्कटाले हिमालयन शेर्पाको सामना गर्नेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । शुक्रबार तीनवटा खेल हुनेछन् । शुक्रबार पहिलो खेल नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच एन्फा मैदानमा हुनेछ । सोही मैदानमा हुने अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । त्यसैगरी हल्चोकमा सशस्त्र प्रहरीको एपिएफ क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।
शनिबार दुईवटा खेल हुनेछन् । पहिलो खेलमा च्यासल युथ क्लबले ब्रिग्रेड ब्वाइजको सामना गर्नेछ भने दोस्रो खेलमा थ्रीस्टारले मछिन्द्र क्लबको सामना गर्नेछ । दुवै खेल हल्चोकमा हुनेछ । साताँै चरणका खेल सकिँदासम्म सात पटकको लिग विजेता मनाङले शत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा रहँदा थ्रीस्टार र सङ्कटाले उसलाई उपाधि होडमा पच्छ्याइरहेका छन् । मनाङको २१ अङ्क छ । थ्रीस्टार र सङ्कटाको समान १८ अङ्क रहेको छ उनीहरू क्रमश दोस्रो र तेस्रो थानमा छन् ।
त्यसैगरी लिगमा अपराजित टोली त्रिभुवन आर्मीको १७ अङ्क बनाउँदै चौथो स्थानमा छ । नेपाल पुलिस र हिमालन शेर्पाले समान ११ अङ्क जोड्दै क्रमशः पाँचौ र छैठौ स्थानमा रहेका छन् । यस्तै च्यासल १० अङ्क जोड्दै सातौँ स्थानमा रहँदा समान अङ्कसहित एपिएफ आठौँ स्थानमा रहेका छन् । छ अङ्क जोडेको सरस्वती नवौँ र पाँच अङ्क जोडेको फ्रेन्ड्स दशौँ स्थानमा छन् । चार अङ्क जोडेर जावलाखेल र ब्रिगेड ११ र १२ औँ स्थानमा रहँदा ३ अङ्क जोडेको मछिन्द्र १३ औँ र एक अङ्क जोडेको एनआरटी अन्तिम स्थानमा रहेका छन् ।
December 13, 2018 5:56 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)