

इपीएल : काठमाडौंले पायो एक सय ५० रनको चुनौती
7 years अगाडी
Susma Dhakal

काठमाडौं, २९ मंसिर । एभरेष्ट प्रिमियर लिगको शनिबारको पहिलो खेल सुरु भएको छ । खेलमा भैरहवा ग्याडियटर्सले काठमाडौं किंग्स इलाभेनलाई जितका लागि एक सय ५० रनको चुनौती दिएको छ ।
टस जितेको काठमाडौंले भैरहवालाई ब्याटिङको निम्तो दिएसँगै सुरु भएको खेलमा भैरहवाले पूरा ओभर खेल्यो । ४ विकेटकाे क्षतिमा उसले एक सय ४९ रन जाेड्न सक्यो । भैरहवाका लागि इन्दर सिंह सर्वाधिक ८६ रनकाे याेगदान गरे । उनले ६१ बलकाे सामना गर्दा ६ चाैका र ४ छक्का हिर्काए । भैरहवाका कप्तान ३९ रन जोडे ।
भैरहवाले यसअघि नै प्ले अफमा स्थान सुरक्षित गरिसकेको छ । आजको खेलमा जित निकाल्दै लिगकाे शिर्ष स्थानमा पुग्ने उसको लक्ष्य छ । प्रतियोगितामा अपराजित भैरहवा ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ । उता काठमाडौं भने ३ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा छ
December 15, 2018 1:12 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

