‘सबैथोक गुमाएँ, बदलामा के पाएँ ?’प्रेमीसंग बिछोड भएपछि टुटेकी चर्चित गायिका नेहाले रुँदै भनिन्,
काठमाण्डौ – वलिउडकी उदीयमान एवम् चर्चित गायिका नेहा कक्कड यतिबेला व्यक्तिगत जीवनसँग जोडिएको घटनाका कारण चर्चामा छिन् । वलिउडका उदीयमान अभिनेता हिमान्स कोहलीसँगको प्रेम–सम्बन्ध टुटेपछि नेहा चर्चाको पात्र बन्न पुगेकी हुन् । विगत केही वर्षदेखि हिमान्ससँग प्रेम सम्बन्धमा रहेकी नेहाको हालै ब्रेकअप भएको हो ।
३० वर्षीया नेहाले आफूभन्दा एक वर्र्ष कान्छो उमेरका हिमान्ससँग डेटिङ गर्दै आएकी थिइन् । उनीहरूको सम्बन्ध पनि निकै राम्रो थियो । पछिल्लोपटक हिमान्सले इन्डियन आइडलमा आएर नेहालाई खुल्ला तवरले प्रेमको प्रस्ताव पनि राखेका थिए । यसपछि उनीहरूको सम्बन्ध अझै सुमधुर बन्दै गएको थियो । दुवैले आफूहरूबीचका रोमान्टिक फोटोहरू इन्स्टाग्राममा राखेका थिए तर, एकाएक उनीहरूको ब्रेकअप भएपछि दुवैले इन्स्टाग्राममा राखेका फोटोहरू हटाएका छन् । त्यस्तै सोसल मिडिया एकाउन्टमा नेहाले हिमान्सलाई ‘अनफलो’ गरेकी छन् ।
हिमान्ससँग प्रेमसम्बन्ध टुटेपछि निकै आहत बनेकी नेहाले सोसल मिडियामा अहिले आफ्नो टुटेको दिलबारे वर्णन गर्दै भनेकी छिन्, ‘मैले आफ्नो सबैथोक दिएँ, बदलामा मलाई के मिल्यो ? मलाई थाहा छैन यो संसारमा यस्ता नराम्रो मान्छे पनि हुँदा रहेछन् । अहिले सबैथोक गुुमाएर होसमा आएर पो के भो ? म एक सेलेब्रिटी हुँ, मैले यस्तो लेख्न नमिल्ने हो, तर म सेलेब्रिटीका अलावा एक मानव हुँ, त्यसैले पनि आफ्नैबारे यस्तो लेख्न बाध्य भएँ ।’
‘अहिले मैले आफूलाई निकै कमजोर भएको महसुस गरेकी छु, आफ्नो फिलिङलाई कन्ट्रोल नै गर्न सकेको छैन । मलाई थाहा छ, यसबारे सबैले विभिन्न कुरा गर्नेछन्, तर मलाई थाहा छैन उनीहरूले कस्तो कुरा गर्नेछन्,’ दुःखी हँुदै नेहाले भनेकी छिन्, ‘मलाई थाहा छ, सेलेब्रिटीको दुईवटा अनुहार हुन्छ, एउटा व्यक्तिगत अर्को व्यावसायिक । यतिबेला मेरो व्यक्तिगत लाइफ खराब चलिरहे पनि व्यावसायिक लाइफमा मुस्कुराउनुपरेको छ ।’
स्मरणीय छ, सन् २०१४ मा ‘यारिया’ फिल्मको सुटिङको क्रममा हिमान्स र नेहाको भेट भएको थियो । यही फिल्मबाट हिमान्सले बलिउडमा डेब्यु गरेका थिए । यो फिल्ममा नेहाले ‘सनी–सनी’ भन्ने बोलको गीत गाएकी थिइन् । यही फिल्मको सेटबाट हिमान्स र नेहाको दोस्ती भएको थियो । यो दोस्तीमा ६ महिना पहिले ठूलो झगडा भए पनि पछि हिमान्सले आफ्नो गल्तीलाई स्वीकार गर्दै नेहासँग माफी मागेपछि पुनः सम्बन्ध गाँसिएको थियो ।
त्यसपछि हिमान्सले हाल सोनी टीभीमा सञ्चालन भइरहेको इन्डियन आइडलको सेटमा आएर नेहालाई प्रपोजसमेत गरेका थिए । यसपछि उनीहरूको विवाह हुने चर्चासमेत चलेको थियो । नेहा हाल इन्डियल आइडलको जजको रूपमा कार्यरत छिन् ।
December 21, 2018 10:34 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)