Tuesday 25th February 2025

‘रियलमा अनुबन्ध भएमा एमबाप्पले रोनाल्डोलेभन्दा धेरै उपाधि जित्नेछन्’

6 years अगाडी

काठमाडौँ, १० पुस । मोनाकोका पुर्व निर्देशक लुइस क्याम्पोसले पिएसजी स्टार एमबाप्पे रियल मड्रिड जाने बताएका छन् ।मोनाकोबाट पिएसजी गएका एमबाप्पेले फ्रान्सलाई विश्वकप उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । यस सिजनको सुरुवातसँगै उनी रियल जाने हल्ला व्यापक चलेको थियो ।

तर, उनले पिएसजीमा नै रहने निर्णय लिए । तर, अब फेरि उनी रियल जानसक्ने सम्भावना बलियो रहेको लुइसले बताए । उनले भनेका छन्,’ एमबाप्पे रियल जानेछन् । रोनाल्डोलेभन्दा उनले धेरै उपाधि रियलबाट जित्नेछन् ।’

२० वर्षको उमेरमा नै स्टारहरुले पाउने सफलता एमबाप्पले प्राप्त गरेको उनले बताए । सन् २०१८ को बेलोन डिओर अवार्ड सुचीमा उनी चौथो स्थानमा रहेका थिए । उनले मेस्सीलाई समेत पछि पारेका थिए ।

          December 25, 2018 12:14 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...