

‘म भगवानसँग प्रार्थना गर्छु कि नेयमार बार्सिलोना फर्किउन्’
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, ११ पुस । बार्सिलोनाका स्टार खेलाडी आर्थरले नेयमार बार्सिलोना आउन् भनेर भगवानसँग प्रार्थना गरेको बताएका छन् ।बार्सिलोनाबाट २२२ मिलियन युरोमा पिएसजी गएका नेयमार पुन बार्सिलोना फर्कन खाजेको हल्ला व्यापक चल्न थालेको छ ।
यस्तैमा ब्राजिलियन मिडफिल्डर आर्थरले उनको बार्सिलोना पुनरागमन होस् भनेर प्रार्थना गरेका हुन् ।मिडिया रिपोर्टका अनुसार उनी पिएसजीमा खुसी छैनन् । रियल मड्रिडले उनलाई अनुबन्ध गर्न खोजिरहेको समेत बताइएको छ ।
ब्राजिलियन सहपाटी आर्थरले जो यसै सिजन ४० मिलियन युरोमा बार्सिलोना आएका थिए उनले नेयमारसँग खेल्न चाहेको बताएका छन् । उनले भनेका छन्, ‘म व्यक्तिगत रुपमा भगवानसँग प्रार्थना गर्छु कि नेयमार बार्सिलोना फर्कुन् ।’नेयमार यस सिजन पिएसजीमा उच्च लयमा रहेका छन् । उनले १८ खेलमा १६ गोल गरेका छन् ।
December 26, 2018 10:18 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

