

रोनाल्डोलाई पछि पार्दै सन् २०१८ को सर्वाधिक गोलकर्ता बने लियोनल मेस्सी
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, १५ पुस । बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी सन् २०१८ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । मेस्सीले सन् २०१८ मा सर्वाधिक ५१ गोल गरेका छन् ।
दोस्रो स्थानमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो रहेका छन् । शनिबार राति साम्पडोरियाविरुद्ध २ गोल गरेसँगै क्रिस्टियानोको गोलसंख्या ४९ पुगेको थियो ।
यस सिजन उच्च फर्ममा रहेका रोनाल्डोले युभेन्ट्बाट १४ गोल गरिसकेका छन् । तर, मेस्सीलाई भेट्टाउन आवश्यक गोल भने पुर्याउन सकेनन् ।
मेस्सीले ४८ खेलबाट ५१ गोल गरेका हुन् । मेस्सीले औसतमा प्रतिखेल ८२ मिनेट खेले ।
रियल मड्रिड तथा युभेन्ट्सबाट रोनाल्डोले ४३ गोल गरेका हुन् । त्यस्तै ६ गोल पोर्चुगलको लागि गरे । उनले ४६ खेलमा उक्त गोल गरेका हुन् उनले प्रतिखेल औसतमा ८९ मिनेट खेले ।
December 30, 2018 9:20 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

