आज तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको भाउ
7 years अगाडी
Susma Dhakal
काठमाडौं । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा १ सय रुपैयाँ घटेर ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज भने तोलामा ८ सय रुपैयाँ बढेको हो ।
यसअघि ७० साल भदौ महिनामा सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । त्यसयता घटेर तोलाको ४७ हजार ७ सयमा झरेको सुनको भाउ आज ६० हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै सुन र डलरको भाउ बढेकाले नेपाली बजारमा सुनको भाउ महंगो भएको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए । यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
January 3, 2019 12:22 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...