आज तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको भाउ
7 years अगाडी
Susma Dhakal
काठमाडौं । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा १ सय रुपैयाँ घटेर ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज भने तोलामा ८ सय रुपैयाँ बढेको हो ।
यसअघि ७० साल भदौ महिनामा सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । त्यसयता घटेर तोलाको ४७ हजार ७ सयमा झरेको सुनको भाउ आज ६० हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै सुन र डलरको भाउ बढेकाले नेपाली बजारमा सुनको भाउ महंगो भएको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए । यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
January 3, 2019 12:22 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...