घलेम्दीको आइपिओ बिक्री सुरु
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले आजदेखि साधारण शेयर(आइपिओ) बिक्री सुरु गरेको छ ।कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको हो ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ । सो कम्पनीको शेयर छिटोमा यही पुस २३ गतेसम्म र ढिलोमा आगामी माघ १८ गतेसम्म बिक्री गरिनेछ ।
आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । कम्पनीले म्याग्दीमा पाँच मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले केही समय पहिले आयोजना प्रभावित म्याग्दीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।
January 3, 2019 1:24 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...