चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल
काठमाडौँ । चिनी आयात गर्दा भन्सार महसुल दर ३० प्रतिशत सरकारले लिन सक्ने गरी सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ न्यायाधीश दीपककुमार कार्की र डा आनन्दमोहन भटराईको संयुक्त इजलासले सो बाटो खुला गरेको हो।
ज्ञान इण्टरप्राइजेज साझेदारी फर्म, श्याम बाबा इण्टरप्राइजेज प्रा लि, रेन्बो ओभरसिज प्राइभेट फर्मलगायतले चिनी आयात गर्दा भन्सार महसुल दर १५ प्रतिशत लगाउने भएपछि करोडौँ मूल्यको चिनी आयात गर्दागर्दै सरकारले चिनीको भन्सार महसुल दर ३० प्रतिशत बढाएको थियो।
सरकारले सो महसुल दर बढाएको विरुद्ध ती कम्पनीले रिट निवेदन दायर गरेका थिए। सो निवेदनमाथि गत वैशाख २८ गते न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश भएको थियो।
आजको संयुक्त इजलासले सो अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ। सरकारको चिनी आयात भन्सार महसुल दर ऐन कानूनबमोजिम भएको ठहर गर्दै अदालतले सरकारी निर्णय सदर गरेको छ।
June 5, 2018 2:39 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा