चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल
काठमाडौँ । चिनी आयात गर्दा भन्सार महसुल दर ३० प्रतिशत सरकारले लिन सक्ने गरी सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ न्यायाधीश दीपककुमार कार्की र डा आनन्दमोहन भटराईको संयुक्त इजलासले सो बाटो खुला गरेको हो।
ज्ञान इण्टरप्राइजेज साझेदारी फर्म, श्याम बाबा इण्टरप्राइजेज प्रा लि, रेन्बो ओभरसिज प्राइभेट फर्मलगायतले चिनी आयात गर्दा भन्सार महसुल दर १५ प्रतिशत लगाउने भएपछि करोडौँ मूल्यको चिनी आयात गर्दागर्दै सरकारले चिनीको भन्सार महसुल दर ३० प्रतिशत बढाएको थियो।
सरकारले सो महसुल दर बढाएको विरुद्ध ती कम्पनीले रिट निवेदन दायर गरेका थिए। सो निवेदनमाथि गत वैशाख २८ गते न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश भएको थियो।
आजको संयुक्त इजलासले सो अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ। सरकारको चिनी आयात भन्सार महसुल दर ऐन कानूनबमोजिम भएको ठहर गर्दै अदालतले सरकारी निर्णय सदर गरेको छ।
June 5, 2018 2:39 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता