

लोरेन्टेको ह्याट्रिकसँगै ट्रानमेरको पोष्टमा टोटेनहमको गोल वर्षा

एजेन्सी, २१ पुस । एफए कपको तेस्रो चरणमा टोटेनहमले दोस्रो श्रेणीको ट्रानमेर रोभर्समाथि गोलको वर्षा गरेको छ । ट्रानमेरविरुद्ध ७ गोल गर्दै प्रिमियर लिग क्लब टोटेनहम हस्टपर एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।
ट्रानमेरको घरेलु मैदानमा भएको खेलमा टोटेनहमको फराकिलो जितमा फर्नान्डो लोरेन्टेले ह्याट्रिक गरे भने सर्ज औरियरले २ गोल गरे । गोलको वर्षा गर्नेक्रममा ह्युङ मिन सन र ह्यारी केनले समान १ गोल गरे ।
टोटेनहमले ४०औं मिनेटमा सर्ज औरियरको गोलबाट पहिलो हाफमा १–० को अग्रता बनाए पनि दोस्रो हाफमा गोलको वर्षा नै गरेको हो । फर्नान्डो लोरेन्टेले ४८औं मिनेटमा अर्को गोल थपे ।
औरियरले ५५औं मिनेटमा गोल थपेलगत्तै दुई मिनेटपछि नै ह्युङ मिन सनले गोल थपेपछि टोटेनहम ४–० को फराकिलो अन्तर बनायो । त्यसैगरी, ७१औं र ७२औं मिनेटमा लोरेन्टेले लगातार गोल गर्दै खेलमा आफ्नो ह्याट्रिक पूरा गरे । ८२औं मिनेटमा ह्यारी केनले अर्को गोल गरेपछि टोटेनहमले ७–० को शानदार जित निकाल्यो ।
January 5, 2019 11:09 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

