लोरेन्टेको ह्याट्रिकसँगै ट्रानमेरको पोष्टमा टोटेनहमको गोल वर्षा
एजेन्सी, २१ पुस । एफए कपको तेस्रो चरणमा टोटेनहमले दोस्रो श्रेणीको ट्रानमेर रोभर्समाथि गोलको वर्षा गरेको छ । ट्रानमेरविरुद्ध ७ गोल गर्दै प्रिमियर लिग क्लब टोटेनहम हस्टपर एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।
ट्रानमेरको घरेलु मैदानमा भएको खेलमा टोटेनहमको फराकिलो जितमा फर्नान्डो लोरेन्टेले ह्याट्रिक गरे भने सर्ज औरियरले २ गोल गरे । गोलको वर्षा गर्नेक्रममा ह्युङ मिन सन र ह्यारी केनले समान १ गोल गरे ।
टोटेनहमले ४०औं मिनेटमा सर्ज औरियरको गोलबाट पहिलो हाफमा १–० को अग्रता बनाए पनि दोस्रो हाफमा गोलको वर्षा नै गरेको हो । फर्नान्डो लोरेन्टेले ४८औं मिनेटमा अर्को गोल थपे ।
औरियरले ५५औं मिनेटमा गोल थपेलगत्तै दुई मिनेटपछि नै ह्युङ मिन सनले गोल थपेपछि टोटेनहम ४–० को फराकिलो अन्तर बनायो । त्यसैगरी, ७१औं र ७२औं मिनेटमा लोरेन्टेले लगातार गोल गर्दै खेलमा आफ्नो ह्याट्रिक पूरा गरे । ८२औं मिनेटमा ह्यारी केनले अर्को गोल गरेपछि टोटेनहमले ७–० को शानदार जित निकाल्यो ।
January 5, 2019 11:09 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)