

सारा अली खान होइन, यो स्टारकिडसँग रिलेसनमा छन् कार्तिक आर्यन

एजेन्सी पुस । नयाँ वर्ष २०१९ को सुरुवातमै बलिउडको गल्लीहरुमा एउटा जोडी लव अफेयरको निकै ठूलो चर्चा चलिरहेको छ । यो जोडी अरु कोही नभएर दुई नवोदित कलाकार कार्तिक आर्यन र अनन्या पाण्डे हुन् । यी दुईलाई मिडियाकर्मीको क्यामराले धेरैपटक एकसाथ कैद गरेको छ । गएका हप्ताहरुमा यी दुई कहिले डिनरमा त कहिले भुभिज डेजमा स्पट भएका छन् ।
कार्तिक आर्यन यो समय बलिउडमा निकै चर्चा बटुलिरहेका छन् । आफ्नो मात्र दुईवटा फिल्मबाट चक्लेटी हिरोको इमेज बनाइसकेका कार्तिक देशभरी युवतीहरुको राष्ट्रिय क्रस बनेका छन् । तर अनन्या भने अझै पनि एउटा रहस्यको पात्र छिन् । उनको विषयमा धेरैलाई थाहा छैन । उनी अभिनेता चंकी पाण्डेकी छोरी हुन् र यसैवर्षको फिल्म ‘स्ट्युडेण्ट अफ द यर टु’ मा उनी देखा पर्दैछिन् । यो उनको डेब्यु फिल्म हो ।
अहिलेका स्टारकिडहरुमा अनन्या सौन्दर्यताको तुलनामा निकै माथि छिन् ।अनन्याको डेब्यु फिल्मपछि कार्तिक र आर्यनलाई एकसाथ फिल्ममा कास्ट गरिने खबर आएको छ । यद्यपी खबर पुष्टि भएको छैन तर यी दुईलाई ‘पति पत्नी और वो’ को रिमेकमा कास्ट गरिने खबर आएका छन् । तर यो खबरले कार्तिक आर्यनसँग डेट गर्न इच्छुक सेफ अली खानकी छोरी सारा अली खानलाई भने धक्का पुग्ने देखिएको छ ।
January 9, 2019 10:42 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

