म्याच प्रिभ्युः टोटनहम भर्सेस म्यानचेस्टर युनाइटेड
काठमाडौँ, २९ पुस । आज प्रिमियर लिगमा टोटनहम र म्यानचेस्टर युनाइटेडबीच खेल हुँदैछ । यस सिजनको प्रिमियर लिग उपाधिका लागि प्रतिस्पर्धामा रहन टोटनहमले खेल जित्नै पर्ने दबाब रहेको छ ।
सिजनको पहिलो खेलमा टोटनहमले म्यानुलाई ३-० गोलले पराजित गरेको थियो । उक्त हारको बदला लिने दाउमा म्यानु रहेको छ । यस सिजन शिर्ष चारमा स्थान बनाउन पनि म्यानुलाई जित्नै पर्ने दबाब रहेको छ । म्यानुका नयाँ प्रशिक्षक ओले गनर लगातार छैटौँ जित निकाल्ने रणनीतिमा रहेका छन् ।
प्रशिक्षक होसे मोरिन्होले बर्खास्त परेपछि म्यानु अपराजित रहेको छ । म्यानुले लगातार पाँच खेलमा शतप्रतिशत जित निकाल्न सफल भएको छ । यस सिजन टोटनहमले एक खेल पनि बराबरी खेलेको छैन ।
तर, पाँच खेलमा हार भोगेको टोटनहम लिग लिडर लिभरपुलभन्दा नौ अंकले पछि रहेको छ । यस सिजन पाँच खेलमा हार, पाँच खेलमा बराबरी नतिजा निकालेको म्यानु पछिल्लो समय उच्च लयमा देखिएको छ ।
खेलाडीहरुमा नयाँ जोस देखिएका कारण पनि खेलमा सकारात्मक नतिजा निकाल्न सफल भएको बताइएको छ । ४८ अंकका साथ टोटनहम तेस्रो स्थानमा रहेको छ । ३८ अंकका साथ म्यानु छैटौ स्थानमा रहेको छ ।
January 13, 2019 12:21 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)