Monday 24th February 2025

म्याच प्रिभ्युः टोटनहम भर्सेस म्यानचेस्टर युनाइटेड

6 years अगाडी

काठमाडौँ, २९ पुस । आज प्रिमियर लिगमा टोटनहम र म्यानचेस्टर युनाइटेडबीच खेल हुँदैछ । यस सिजनको प्रिमियर लिग उपाधिका लागि प्रतिस्पर्धामा रहन टोटनहमले खेल जित्नै पर्ने दबाब रहेको छ ।

सिजनको पहिलो खेलमा टोटनहमले म्यानुलाई ३-० गोलले पराजित गरेको थियो । उक्त हारको बदला लिने दाउमा म्यानु रहेको छ । यस सिजन शिर्ष चारमा स्थान बनाउन पनि म्यानुलाई जित्नै पर्ने दबाब रहेको छ । म्यानुका नयाँ प्रशिक्षक ओले गनर लगातार छैटौँ जित निकाल्ने रणनीतिमा रहेका छन् ।

प्रशिक्षक होसे मोरिन्होले बर्खास्त परेपछि म्यानु अपराजित रहेको छ । म्यानुले लगातार पाँच खेलमा शतप्रतिशत जित निकाल्न सफल भएको छ । यस सिजन टोटनहमले एक खेल पनि बराबरी खेलेको छैन ।

तर, पाँच खेलमा हार भोगेको टोटनहम लिग लिडर लिभरपुलभन्दा नौ अंकले पछि रहेको छ । यस सिजन पाँच खेलमा हार, पाँच खेलमा बराबरी नतिजा निकालेको म्यानु पछिल्लो समय उच्च लयमा देखिएको छ ।

खेलाडीहरुमा नयाँ जोस देखिएका कारण पनि खेलमा सकारात्मक नतिजा निकाल्न सफल भएको बताइएको छ । ४८ अंकका साथ टोटनहम तेस्रो स्थानमा रहेको छ । ३८ अंकका साथ म्यानु छैटौ स्थानमा रहेको छ ।

          January 13, 2019 12:21 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...