

महिला टी-ट्वान्टी क्रिकेटमा नेपालको दोस्रो शानदार जित

काठमाडौं, २९ पुस। थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी–ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले फेरी शानदार जित निकालेको छ । आइतबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।बैंककमा मलेसियाले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा रोमा थापाले अविजित २० रनको योगदान गरिन्जो । यस्तै सिता राना मगरले १६ रन जोडिन ।
ममता कुमारी चौधरी ९ रनमा अविजित रहिन् । मलेसियाका अना हमिजा हसिम र इन्टान जामदहायु जाफरले एक–एक विकेट लिईन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रन बनाएको थियो । मलेसियाकी सिओ जीन यीले १२ रन जोडिन । यस्तै युश्रीना याकोपले ११ रन जोड्दा अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपाली सरिता राना मगर एक्लैले ४ विकेट लिईन् । यस्तै नेरी थापा, इन्दु बर्मा र कविता कुवरले एक–एक विकेट लिए । समूह एु मा रहेको नेपालले जितसँगै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा चीनलाई हराएको नेपालले ४ अंक जोडेको छ । अब नेपालले सोमबार युएईसंग खेल्नेछ ।
January 13, 2019 2:07 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

