

महिला टी- ट्वान्टी क्रिकेट: नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, थाइल्याण्ड ‘ए’ ९ विकेटले पराजित

काठमाडौं, २ माघ। नेपाल समूह विजेता बन्दै थाइल्याण्ड महिला टी – ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।बुधबार भएको समूह चरणको अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ टिमलाई ९ विकेटले हराउँदै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो
बैंकमा थाइल्याण्ड ‘ए’ ले दिएको २० रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा ममता कुमारी चौधरीले ८ रन जोडिन । यस्तै नेरी थापाले अविजित ५ तथा डोली भट्टले अविजित २ रन जोडिन । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड ‘ए’ १५ ओभर ४ बलमा अलआउट हुँदै १९ रन बनाएको थियो ।
थाइल्याण्डकी थान्चानोक फोप्लुकले सर्वाधिक ४ रन जोडिन । त्यस्तै वार्ली सिनसोङले ३ रन बनाईन् । थाइल्याण्डले ७ रन अतिरिक्त रन पाएको थियो । थाइल्याण्डलाई सस्तैमा समेट्न आरती बिडारीले ३ विकेट लिईन् । यस्तै इन्दु बर्मा र सरिता मगरले २र२ विकेट आफ्नो नाममा लेखाईन ।
जितसंगै नेपाल ४ खेलमा अपराजित रहदै सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ मा रहेको नेपालले ४ खेलबाट ८ अंक जोड्यो । यस समूहबाट ६ अंक जोडेको युएई उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । थाइल्याण्ड ‘ए’, मलेसिया र चीन भने प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले सेमिफाइनलमा शुक्रबार समूह ‘बी; को उपविजेता इन्डोनेसियासंग खेल्नेछ ।
नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो ।
January 16, 2019 11:23 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

