महिला टी- ट्वान्टी क्रिकेट: नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, थाइल्याण्ड ‘ए’ ९ विकेटले पराजित
काठमाडौं, २ माघ। नेपाल समूह विजेता बन्दै थाइल्याण्ड महिला टी – ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।बुधबार भएको समूह चरणको अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ टिमलाई ९ विकेटले हराउँदै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो
बैंकमा थाइल्याण्ड ‘ए’ ले दिएको २० रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा ममता कुमारी चौधरीले ८ रन जोडिन । यस्तै नेरी थापाले अविजित ५ तथा डोली भट्टले अविजित २ रन जोडिन । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड ‘ए’ १५ ओभर ४ बलमा अलआउट हुँदै १९ रन बनाएको थियो ।
थाइल्याण्डकी थान्चानोक फोप्लुकले सर्वाधिक ४ रन जोडिन । त्यस्तै वार्ली सिनसोङले ३ रन बनाईन् । थाइल्याण्डले ७ रन अतिरिक्त रन पाएको थियो । थाइल्याण्डलाई सस्तैमा समेट्न आरती बिडारीले ३ विकेट लिईन् । यस्तै इन्दु बर्मा र सरिता मगरले २र२ विकेट आफ्नो नाममा लेखाईन ।
जितसंगै नेपाल ४ खेलमा अपराजित रहदै सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ मा रहेको नेपालले ४ खेलबाट ८ अंक जोड्यो । यस समूहबाट ६ अंक जोडेको युएई उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । थाइल्याण्ड ‘ए’, मलेसिया र चीन भने प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले सेमिफाइनलमा शुक्रबार समूह ‘बी; को उपविजेता इन्डोनेसियासंग खेल्नेछ ।
नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो ।
January 16, 2019 11:23 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)