भारतीय रुपैयाँमाथि नेपालको अर्को प्रतिबन्ध
काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ भारतमा बाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार नेपाली नागरिकले भारतमा जाँदा मात्रै भारतीय मुद्रा प्रयोग गर्न सक्नेछन् । भारु १०० र सोभन्दा कम दरका नोट तथा मुद्रा प्रचलित व्यवस्थाबमोजिम ल्याउन लैजान वा सटही गर्ने सकिने व्यवस्था गरिएको छ ।
भारत सरकार तथा भारतीय रिजर्ब बैंकले ९ नोभेम्बर २०१६ सम्म चलनचल्तीमा रहेका भारु ५०० र भारु १०० दरका नोट चलनचल्तीबाट हटाएको हुँदा त्यस्ता नोटको कारोवार गर्न र हाल भारतमा चलनचल्तीमा रहेका भारु २००, भारु ५०० र भारु दुई हजार दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोवार गर्न नपाइने व्यवस्था बैंकले गरेको छ ।
विदेशी विनिमय कारोवार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई बैंकले आइतबार एकीकृत परिपत्र गर्दै उक्त व्यवस्था गरिएको जानकारी गराएको छ ।
January 21, 2019 11:50 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता