

एएफसी यू–२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने

काठमाडौँ, ७ माघ । थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ ।
एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको हो । कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग आगामी मार्च २२ पहिलो खेल खेल्नेछ । छनोटको कठिन समूहमा परेको नेपालले दोस्रो खेल आयोजक कतारसँग २४ मार्चमा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग मार्च २६ मा खेल्नेछ ।
समूहको शीर्ष टोलीले एएफसी यू–२३ च्याम्पियनशिप खेल्नेछन् । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनशिप खेल्ने मौका पाउनेछन् ।
च्याम्पियनशिपका लागि ४४ टोलीले छनोट खेल खेलिरहेका छन् । जसलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ । फाइनल चरणको च्याम्पियनशिपमा १६ टोलीको सहभागिता रहनेछ ।
नेपालले अहिलेसम्म एएफसी यू–२३ मा उच्च प्रदर्शन गर्न सकेको छैन । नेपाल पहिलो चरणबाटै आउट हुँदै आएको छ । यस पटक कठिन समूहमा रहेको कारण नेपालको दोस्रो चरणको सम्भावना निकै कठिन रहेको छ ।
January 21, 2019 12:11 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

