टि–२० विश्वकप २०२० को तालिका सार्वजनिक, यस्तो छ नेपालको विश्वकप पुग्ने बाटो
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले २०२० टि–२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको तालिकाअनुसार विश्वकपका खेल २०२० को अक्टोबर १८ देखि सुरु हुनेछन् । तालिका सार्वजनिक भए पनि विश्वकप खेल्ने सबै टिम निश्चित भइसकेका छैनन् । विश्वकप सुरु हुनुभन्दा अगाडि हुने क्वालिफायरबाट बाँकी टिम निश्चित हुनेछन् ।
विश्वकपमा कूल १६ टिम खेल्न पाउनेछन् । तीमध्ये ८ टिम सिधै सुपर १२ मा छनोट भइसकेका छन् । आइसीसी टि–२० आइ च्याम्पियनशिपबाट शीर्ष ८ स्थानमा रहेका पाकिस्तान, भारत, इङल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तान सिधै सुपर १२ मा पुगिसकेका छन् । यसबाहेक बंगलादेश र श्रीलंका विश्वकपको समूह चरणमा छनोट भएका छन् । बाँकी रहेका ६ टिम छनोट खेलेर विश्वकपको समूह चरणसम्म पुग्नेछन् ।
विश्वकप छनोट खेल्नका लागि स्कटल्याण्ड, जिम्बाब्बे, नेदरल्याण्ड्स, हङकङ, ओमान र आयरल्याण्ड छनोट भइसकेका छन् । नेपालले भने अब हुने अर्को क्षेत्रीय चरणको प्रतियोगिता पार गर्दै विश्वकप छनोटमा पुग्नुपर्नेछ । विश्वकप छनोटमा कूल १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । यीमध्ये ६ टिम स्कटल्याण्ड, जिम्बाब्बे, नेदरल्याण्ड्स, हङकङ, ओमान र आयरल्याण्ड आइसीसी टि–२० आइ च्याम्पियनशिपबाट छनोट भइसकेको अवस्थामा बाँकी ८ टिममध्येमा एक टिम बन्दै नेपाल विश्वकप छनोटसम्म पुग्नुपर्नेछ । विश्वकप छनोटमा आइसीसी टि–२० आइ च्याम्पियनशिपबाट ६ टिमसँगै एशियाबाट २, अफ्रिकाबाट २, अमेरिकाबाट २, इष्ट एशिया प्यासिफिकबाट १ र युरोपबाट एक टिमले स्थान पाउनेछन् । एशियाका २ टिममध्ये एक बन्दै विश्वकप छनोटसम्म पुग्ने नेपालको बाटो हो ।
एशियाबाट छनोट हुने २ टिममध्ये १ बन्नको लागि नेपालले आगामी क्षेत्रीय प्रतियोगितामा कम्तीमा दोस्रो हुनुपर्नेछ । यो प्रतियोगिताको मिति तोकिइसकेको छैन । यो प्रतियोगितामा नेपालसँगै युएइ, सिंगापुर, कतार, मलेसिया र कुवेत छन् । यो प्रतियोगितामा कम्तीमा दोस्रो भएमा नेपाल विश्वकप छनोटसम्म पुग्नेछ । विश्वकप छनोटमा कूल १४ टिम हुनेछन् । यीमध्ये ८ टिम बाहिरिनेछन् र ६ टिमले मात्र विश्वकपको समूह चरणमा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा शीर्ष ६ मा रहन सकेमा नेपालले विश्वकपको समूह चरणमा प्रवेश पाउनेछ ।
विश्वकपको समूह चरणमा श्रीलंका र बंगलादेश पहिल्यै छन् । यदि विश्वकपको समूह चरणमा प्रवेश पाएमा नेपाल यी दुईसहित बाँकी टिमसँग खेल्नुपर्नेछ । विश्वकपको समूह चरणमा कूल ८ टिम हुनेछन् । तीमध्ये ४ टिम सुपर १२ मा पुग्नेछन् भने ४ टिम समूह चरणबाटै बाहिरिनेछन् । विश्वकपको समूह चरण पार गर्ने ४ टिमले त्यसपछि सिधै सुपर १२ मा पुगेका पाकिस्तान, भारत, इङल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तानसँग खेल्न पाउनेछन् ।
सुपर १२ को पहिलो खेल २०२० को अक्टोबर २४ मा हुनेछ । सुपर १२ को पहिलो खेलमा अस्ट्रेलिया र पाकिस्तान भिड्नेछन् । सुपर १२ को अन्तिम खेल ८ नोभेम्बरमा भारत र अफगानिस्तानबीच हुनेछ । सुपर १२ बाट शीर्ष ४ टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल ११ र १२ नोभेम्बरमा हुनेछ । दुवै सेमिफाइनलका विजेताहरु १५ नोभेम्बरमा उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल जित्ने टिम २०२० टि–२० विश्वकप च्याम्पियन बन्नेछ ।
January 29, 2019 3:21 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)