विदेशी मुद्राको भाउमा थोरै उतारचढाब
काठमाण्डौ । बुधबार डलरसहित बिभिन्न विदेशी मुद्राको भाउमा उतारचढाब देखिएको छ । डलर, दिनार र दिर्हामको भाउ थोरैले बढ्दा मलेसियन रिंगिटको भाउ भने थोरैले घटेको छ ।
बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०८ पैसा छ । मंगलबार डलरको खरिददर ११३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०७ पैसा थियो ।
साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकिएको छ । मंगलबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा थियो ।
कतारी रियालको भने भाउ घटबढ भएको छैन । मंगलबारजस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
यूएई दिर्हामको भने भाउ थोरैले बढेको छ । बुधबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा तोकिएको छ । मंगलबार यूएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा थियो ।
मलेसियन रिंगिटको भाउ भने थोरैले घटेको छ । बुधबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा तोकिएको छ मंगलबार खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७५ पैसा थियो ।
आज बुधबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २० पैसा तोकिएको छ । मंगलबार खरिददर ३७४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७६ रुपैयाँ २८ पैसा थियो ।
बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा तोकिएको छ । मंगलबार खरिददर ३ सय ९८ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ५७ पैसा थियो ।
बुधबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा तोकिएको छ । मंगलबार खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा थियो ।
January 30, 2019 11:24 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा