Monday 2nd December 2024

सुनको भाउ एकैदिन तोलामा ७ सयले बढ्यो

6 years अगाडी

काठमाण्डाै । सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको छ । सुन बुधबार तोलाको ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा एक सय रुपैयाँ बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको तथा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएकाले नेपाली बजारमा सुन महंगो भएको हो । यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

          January 30, 2019 11:31 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...