

७ पटकसम्म कब्जा गरेका मेस्सीले फेरि जिते सर्वाधिक मुल्यवान खेलाडीको अवार्ड !
6 years अगाडी
Susma Dhakal

स्पेनिस बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक मुल्यवान खेलाडीको अवार्ड जितेका छन् । ३१ वर्षीय मेस्सीलाई सिजन २०१७/१८ का लागि यस अवार्ड प्रदान गरिएको हो ।
स्पेनको प्रतिष्ठित पत्रिका ‘मुन्डो डेपोर्टिभो’ ले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई हरेक बर्ष यस अवार्ड प्रदान गर्ने गरेको छ । सोमबार राती आयोजित कार्यक्रममा मेस्सीलाई ला लिगाका अध्यक्ष जाभिर टेबासले अवार्ड प्रदान गरे ।
योसँगै मेस्सीले आठ पटक अवार्डमा कब्जा जमाए । सन् २००९/१० देखि सुरु भएको यस अवार्ड मेस्सी बाहेक अन्य दुई खेलाडीले मात्र जितेका छन् ।१० संस्करणमा आव वटा मेस्सीले जित्दा रियल म्याड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले २०१३/१४ र एट्लेटिको म्याड्रिडका एन्टोनी ग्रीजम्यानले २०१५/१६ मा एक एक पटक जितेमा थिए ।
January 30, 2019 2:05 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

