जर्मनीलाई हराएको मेक्सिको टीम नकआउट चरण प्रवेशका लागि मैदानमा उत्रिने
९ असार । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १-० ले पराजित गर्दै ३ अंक जोडेको मेक्सिको आज दक्षिण कोरियाविरुद्ध मैदानमा उत्रिँदैछ । मेक्सिको शनिबार फिफा विश्वकपमा समुह ‘एफ’बाट नकआउट चरणमा प्रवेश गर्ने लक्ष्य बोकेर मैदानमा उपस्थित हुनेछ ।
जर्मनीलाई हराएर आत्मविश्वास बढाएको मेक्सिको कोरियालाई हराएर आफूलाई सावित गर्न चाहन्छ । उता कोरियाले स्वीडेनसँग रसिया विश्वकपमा आफ्नो पहिलो खेल गुमाइसकेको छ । यस्तो अवस्थामा कोरियाले आज हारेमा उ सिधै बाहिरिनेछ ।
कोरियाका प्रमुख प्रशिक्षक शिन तेई योङ आफ्नो टीमले अप्रत्याशित नतिजा ल्याउने आशमा छन् । उनले आफ्नो स्टार फरवार्ड सोन हियूङ मिनसँग उत्कृष्ट प्रदर्शनको आशा राखेका छन् ।सोन स्वीडेनविरुद्ध निराश देखिन्थे र टोटनह्यामका यी स्टारले मेक्सिको विरुद्ध लय समातेर आफूलाई प्रमाणित गर्नुपर्नेछ ।जर्मनीविरुद्ध जीत हासिल गरेको मेक्सिकोले टीममा कुनै पनि परिवर्तन नगर्ने बताइएको छ । एजेन्सी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :