जर्मनीलाई हराएको मेक्सिको टीम नकआउट चरण प्रवेशका लागि मैदानमा उत्रिने
९ असार । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १-० ले पराजित गर्दै ३ अंक जोडेको मेक्सिको आज दक्षिण कोरियाविरुद्ध मैदानमा उत्रिँदैछ । मेक्सिको शनिबार फिफा विश्वकपमा समुह ‘एफ’बाट नकआउट चरणमा प्रवेश गर्ने लक्ष्य बोकेर मैदानमा उपस्थित हुनेछ ।
जर्मनीलाई हराएर आत्मविश्वास बढाएको मेक्सिको कोरियालाई हराएर आफूलाई सावित गर्न चाहन्छ । उता कोरियाले स्वीडेनसँग रसिया विश्वकपमा आफ्नो पहिलो खेल गुमाइसकेको छ । यस्तो अवस्थामा कोरियाले आज हारेमा उ सिधै बाहिरिनेछ ।
कोरियाका प्रमुख प्रशिक्षक शिन तेई योङ आफ्नो टीमले अप्रत्याशित नतिजा ल्याउने आशमा छन् । उनले आफ्नो स्टार फरवार्ड सोन हियूङ मिनसँग उत्कृष्ट प्रदर्शनको आशा राखेका छन् ।सोन स्वीडेनविरुद्ध निराश देखिन्थे र टोटनह्यामका यी स्टारले मेक्सिको विरुद्ध लय समातेर आफूलाई प्रमाणित गर्नुपर्नेछ ।जर्मनीविरुद्ध जीत हासिल गरेको मेक्सिकोले टीममा कुनै पनि परिवर्तन नगर्ने बताइएको छ । एजेन्सी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)