एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा केन्द्रले (एसईई)को नतिजा सार्वजनिक गरेको छ। गत चैत्र महिनामा परीक्षा नियन्त्रण कार्यालयले लिएको एसईई परीक्षाको नजिता आज सार्बजनिक गरेको हो।
परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन्।
यो वर्ष पनि एसईईको नजिता ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएको छ।
नतिजा हेर्न मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्न सकिन्छ भने आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा थाहा पाउन सकिने छ।
त्यसैगरी शिक्षा मन्त्रालयको वेबसाइट www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np र परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको www.neb.gov.np र नेपाल टेलिकमको www.see.ntc.net.np मा हेर्न सकिने माध्यमिक शिक्षा परीक्षा केन्द्रले जनाएको छ।
June 24, 2018 2:06 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)