खाडीबाट भित्रिने रेमिट्यान्स घटयो, सबैभन्दा धेरै कुन देशबाट भित्रियो ?
कृषि प्रधान राष्टֿ भईकन पनि नेपालमा खाद्यन्न लगायतका सामाग्रीहरुको आयात नेपालमा निकै हुने गर्छ । व्यापार घाटा ह्वात्तै बढेको बेला नेपालको अर्थतन्त्र धान्ने काम भने रेमिट्यान्सले नै गरिरहेको छ । बैदेशिक रोजगारीका लागि युवाहरु बाहिरिने क्रमसंगै देशमा रेमिट्यान्स भित्रिने क्रम पनि बढ्दो छ । राष्ट्र बैंकका अनुसार यस आर्थिक वर्षको पहिलो पाँच महिनामा ३ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको यसै अवधिको तुलनामा अहिले ३१ प्रतिशतले रेमिट्यान्स बढेको देखिन्छ।गत आर्थिक वर्षमा कुल ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। तथ्यांकका अनुसार नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने देश अमेरिका हो ।
अमेरिकाबाट आउने रेमिट्यान्स बढेको छ भने खाडी मुलुकबाट आउने रेमिट्यान्स कम भएको छ। यो वर्षको पाँच महिनामा पनि अमेरिकाले उछिनेको छ।तथ्यांकअनुसार खाडी मुलुकबाट गत वर्ष ९२०७४र७५० मा २ अर्ब ६४ करोड डलर रेमिट्यान्स भित्रिएको छ।अघिल्लो वर्ष ९२०७३र७४० मा ती मुलुकबाट ३ अर्ब १ करोड डलर भित्रिएको थियो। खाडी मुलुकमध्ये प्रमुख रहेका साउदी, कतार र दुबईबाट आउने रेमिट्यान्स घट्दा समग्रलाई असर परेको हो। खाडी मुलुकमध्ये कुवेत र बहराइनबाट आउने रेमिट्यान्स भने बढेको छ।
अमेरिकासँगै, जापान, कोरिया, मलेसिया तथा अन्य राष्ट्रहरुबाट आउने रेमिट्यान्स बढेको छ।राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अमेरिकाबाट १ अर्ब ५१ करोड ८ लाख अमेरिकी डलर रेमिट्यान्सको रुपमा भित्रिएको छ। अघिल्लो वर्ष पनि अमेरिका पहिलो स्थानमा थियो। खाडी बाहेकको देशमा बिद्यार्थीहरुले समेत पैसा पठाउँन थालेपछि अमेरिका लगायतका देशहरुबाट भित्रिने रेमिट्यान्स बढेको हो । अमेरिका, कोरियाजस्ता राष्ट्रहरुमा रेमिट्यान्स कम्पनी तथा एजेन्टको संख्या बढेसंगै नेपालमा रेमिट्यान्स भित्रिने क्रम बढेको हो ।
अमेरिकापछि दोस्रो स्थानमा साउदी अरब रहेको छ। दोस्रो स्थानमा रहे पनि साउदीबाट आएको रेमिट्यान्स घटेको छ। साउदीबाट गत आर्थिक वर्षमा ८८ करोड ७४ लाख अमेरिकी डलर रेमिट्यान्सका रुपमा भित्रिएको छ। अघिल्लो वर्ष १ अर्ब ३ करोड डलर भित्रिएको थियो।साउदीपछि कतारबाट एक वर्षमा ७६ करोड ७० लाख अमेरिकी डलर भित्रिएको छ। कतार पछिल्लो समय रोजगारीका लागि नेपालीको पहिलो गन्तव्य बनेको छ। रेमिट्यान्स धेरै पठाउँने देशहरुमा मलेसिया र दुबई क्रमशः चौथो र पाँचौ स्थानमा छन्। मलेसियाबाट ६७ करोड ५ लाख तथा दुबईबाट ६६ करोड ८३ लाख डलर रेमिट्यान्स आएको छ। अघिल्लो बर्ष धेरै रेमिट्यान्स पठाउँने देशमा मलेसियाभन्दा दुबई अगाडि रहेको थियो ।
February 2, 2019 11:04 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता