स्पेनिस कोपा डेल रेः बार्सिलोना र रियलको भेट सेमिफाइनलमै
एजेन्सी, १९ माघ । स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा क्लब बार्सिलोना र स्पेनिस महारथी रियल मड्रिडबीच भेट हुने भएको छ । स्पेनिस कोपा डेल रेले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार दुई चीर प्रतिद्वन्द्वी बार्सिलोना र रियलबीच सेमिफाइनलमै भिडन्त हुने भएको हो । त्यसैगरी अर्को सेमिफाइनल भिडन्त रियल बेटिस र भ्यालेन्सियाबीच हुनेछ ।
यसअघि लगातार चारपटकसम्म बार्सिलोनाले उपाधि उचाल्दै आएको छ भने रियलले २०१३–१४ को सिजनमा मात्रै बार्सिलोनालाई पराजित गर्न सफल भएको थियो । यो सिजनमा दुई प्रतिस्पर्धीबीच भएको तीन भेटमा २ खेल बार्सिलोनाले जित्यो भने एक खेल बराबरीमा रोकियो ।
सार्वजनिक गरिएको ‘ड्र’अनुसार सेमिफाइनलको पहिलो लेग बार्सिलोनाको घरेलु मैदानमा ७ फेब्रुअरीमा हुनेछ भने दोस्रो लेग रियलको मैदानमा २८ फेब्रुअरीमा हुनेछ । यो सिजनको फाइनल खेल भने २६ मे मा हुनेछ ।
February 2, 2019 11:20 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)