नेपालले आज युएईको सामना गर्दै, टी-ट्वान्टी सिरिज जित्ने दाउमा नेपाल
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २० माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (आइतबार) टोलीसँग अन्तिम तथा तेस्रो टी २० खेल्दै छ ।नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउसो २ः४५ बजे आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा सुरु हुनेछ ।नेपाल एकदिवसीय सिरिज जस्तै ऐतिहासिक टी ट्वान्टी सिरिज जित्ने दाउमा रहेको छ ।
नेपाल घरेलु टोलीसँगको तीन खेलको टी ट्वान्टी सिरिज एकएक को अवस्थामा रहेको छ ।आज हुने अन्तिम खेलमा जित निकाल्दै इतिहास रच्ने दाउमा नेपाला रहेको छ । यसअघि नेपालले एकदिवसीय सिरिज २-१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।
नेपालले हालसम्म दुई टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । तर, सिरिज जित्न सकेको छैन । बंगलादेशमा सम्पन्न सन् २०१४ को टी(ट्वान्टी विश्वकप खेलिसकेको नेपालले त्यहिँ वर्ष हङकङसंग श्रीलंकामा ५ खेलको सिरिज खेलेको थियो ।
February 3, 2019 12:10 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...