खेलाडीसँगै मैदानमा किन प्रवेश गराइन्छ बालबालिका ?
एजेन्सी । अन्तर्राष्ट्रिय र कतिपय राष्ट्रिय खेलमा समेत खेल सुरु हुनुपूर्व हरेक खेलाडीका साथ बालबालिकाले पनि मैदान प्रवेश गर्ने गर्छन् । यसरी आफ्ना देशका खेलाडीको हात समातेरै आउने यी बालबालिकाहरु राष्ट्रिय गान गाउन्जेलसम्म उनीहरुसँगै उभिएका हुन्छन् । यिनीहरुलाई ‘मस्कोट’ अर्थात शुभ संकेत पनि भनिन्छ । बास्तवमा बालबालिकालाई निर्दोषपना र सरलताको प्रतीक मानिने हुनाले नै खेलको शुभ आरम्भका लागि यसरी सँगैसँगै ल्याइने गरिएको बताइन्छ । यो ९० को दशकदेखि चलिआएको परम्परा हो । विशेषगरी ६ देखि १८ वर्षसम्मका बालबालिकाहरु हरेक खेलको सुरुवातमा आफ्नो साथमा झन्डा बोकेर वा बल समातेर पनि आउने गरेका छन् ।
विगत १९९० देखि नै एउटा टिमको प्रतिनिधिका रुपमा एक बालक वा हरेक खेलाडीका साथ एकजना आउने गरेका हुन् । युइएफए २००० पहिलो खेल थियो जहाँ हरेक खेलाडीका साथ एक बालक उपस्थित भइ खेलको शुभ सुरुवात गरेका थिए । वास्तवमा यी बालबालिकाहरु युवा टिममा आवद्ध हुन्छन् वा कुनै प्रतियोगितामा विजेता भएकाहरुलाई पनि यस कार्यका लागि छनोट गर्ने गरिएको छ । गत २००२ को विश्वकप र युरोपियन च्याम्पियन्समा भने प्रायोजक मेक्डोनाल्सले आयोजना गरेको प्रतियोगिताको आधारमा यी ‘मस्कोट’ हरुको चयन गरिएको थियो जसको उपस्थितिले खेल शान्तिमय र शुभ हुने विश्वास गरिन्छ ।
त्यसैगरी बालअधिकारको प्रचार गर्ने अभियान अन्तर्गत पनि खेलमा यी साना बालबालिकाहरुलाई आफ्ना देशका प्रख्यात खेलाडीसँग मैदानमा आउने अवसर दिइन्छ । यसरी एक पुस्ताका खेलाडीले अर्को पुस्तालाई मैदानसम्म ल्याएर नयाँ उत्साह र हौसला प्रदान गर्ने हुनाले पनि यस परम्परालाई अझैसम्म कायमै राखिएको बताइन्छ । त्यस्तै कतिपय अवस्थामा जस्तै कि नेदरल्यान्डस्को चर्चित क्लब ‘एजेक्स एम्सटर्डम’ ले ‘मदर्स डे’ अर्थात आमाहरुको विशेष दिनका दिनमा अयोजना गरेको म्याचमा सबै खेलाडीलाई आ–आफ्ना आमाका साथ मैदानमा प्रवेश गराइएको थियो भने ब्राजिलमा साओ पौलोका खेलाडीहरुले चाहिँ आफूसँग कुकुर ल्याएका थिए । बाहिरी कुकुरको समस्या सम्बन्धी चेतना फैलाउने अभियान अन्र्तगत उनीहरुले यसो गरेका हुन् ।
इङ्ल्यान्डका कीर्तिमानधारी कप्तान वायर्न रुनी पनि बाल्यकालमा यसैगरी ‘मस्कोट’ बनेका थिए । त्यस्तै यसको अर्को कारण भनेको खेलाडीहलाई सुरक्षित राख्नका निम्ति पनि हो । मैदानमा प्रवेश गरिरहँदा खेलाडीहरु दर्शकको धेरै नजिक हुने हुँदा कतिपय आक्रामक फ्यानहरुले उनीहरुमाथि हमला गर्ने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसकारण बालबालिकाहरुलाई साथमा राख्दा खेलाडीहरुको सुरक्षा सुनिश्चित हुने हुनाले पनि यस्तो परम्परा थालिएको मानिन्छ । कतिपय बाबुआमाले भने शुल्क तिरेर समेत आफ्ना बच्चाहरुलाई देशका प्रख्यात खेलाडीहरुसँग अन्तरक्रिया गर्न ‘मस्कोट’का रुपमा पठाउने गर्दछन् ।
June 24, 2018 11:10 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)