आज अमेरिकी डलर, युके पाउण्ड र कुवेती दिनार सहित सबै देशको मूल्य बढ्यो
काठमाडौँ । आज मंगलबार अमेरिकी डलर, युके पाउण्ड र कुवेती दिनारको मूल्य सहित प्राय सबै देशको मूल्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १५ रुपैयाँ १९ पैसा रहेको छ। हिजो सोमबार डलरको भाउ ११३ रुपैयाँ ६९ पैसा रहेको थियो।
त्यस्तै दक्षिण कोरियन वनको १०० को खरिददर १० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ।मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ १४ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४९ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ ३६ पैसा छ। हिजो सोमबार युके पाउडको मूल्य १४८ रुपैयाँ ८३ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३७७ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३७९ रुपैयाँ ९७ पैसा रहेको छ। यसअघि दिनारको भाउ ३७५ रुपैयाँ १६ पैसा रहेको थियो। बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ ५४ पैसा रहेको छ।
February 5, 2019 11:09 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता