

कोपा डेल रे सेमिफाइनल : रियल मड्रिडरिुद्धकाे खेलमा मेस्सीको चोटले चिन्तित बार्सिलोना

कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिडविरुद्ध खेल्ने तयारीमा रहेको बार्सिलोना लियोनल मेस्सीको चोटले चिन्तित बनेको छ ।त्यस खेलका लागि बार्सिलोनाले मेस्सीलाई टिममा राखे पनि त्यो बेलासम्म उनी पूर्ण रुपमा फिट हुन्छन् की हुँदैनन् भन्नेमा क्लब चिन्तित बनेको हो ।
आज राति हुने सेमिफाइनलको पहिलो लेगका लागि बार्सिलोनाले मेस्सीको फिटनेसका लागि अन्तिम समयसम्म कुर्ने जनाएको छ । मंगलबार भएको क्लबको प्रशिक्षणमा मेस्सी फर्किए पनि उनी पुर्णरुपमा फिट भइसकेका छैनन् । शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा उनको थाइमा चोट लागेको थियो ।
बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले टिम मेस्सीको फिटनेसमा शंकास्पद भएको बताउँदै अन्तिम समयसम्म कुर्ने बताए ।
मेस्सी पनि आफ्नो फिटनेसमा पूर्ण रुपमा विश्वस्त छैनन् । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना स्टार खेलाडीबिना नै उत्रँदा खेलको मज्जा नआउने क्लबले बताएको छ। यसका साथै अर्का स्ट्राइकर डेम्बेले पनि पहिलो लेग गुमाउनसक्ने देखिएको छ । उनी पनि ह्यामस्ट्रिङको चोटबाट फिट भएका छैनन् ।
February 6, 2019 10:53 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

