कोपा डेल रे सेमिफाइनल : रियल मड्रिडरिुद्धकाे खेलमा मेस्सीको चोटले चिन्तित बार्सिलोना
कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिडविरुद्ध खेल्ने तयारीमा रहेको बार्सिलोना लियोनल मेस्सीको चोटले चिन्तित बनेको छ ।त्यस खेलका लागि बार्सिलोनाले मेस्सीलाई टिममा राखे पनि त्यो बेलासम्म उनी पूर्ण रुपमा फिट हुन्छन् की हुँदैनन् भन्नेमा क्लब चिन्तित बनेको हो ।
आज राति हुने सेमिफाइनलको पहिलो लेगका लागि बार्सिलोनाले मेस्सीको फिटनेसका लागि अन्तिम समयसम्म कुर्ने जनाएको छ । मंगलबार भएको क्लबको प्रशिक्षणमा मेस्सी फर्किए पनि उनी पुर्णरुपमा फिट भइसकेका छैनन् । शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा उनको थाइमा चोट लागेको थियो ।
बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले टिम मेस्सीको फिटनेसमा शंकास्पद भएको बताउँदै अन्तिम समयसम्म कुर्ने बताए ।
मेस्सी पनि आफ्नो फिटनेसमा पूर्ण रुपमा विश्वस्त छैनन् । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना स्टार खेलाडीबिना नै उत्रँदा खेलको मज्जा नआउने क्लबले बताएको छ। यसका साथै अर्का स्ट्राइकर डेम्बेले पनि पहिलो लेग गुमाउनसक्ने देखिएको छ । उनी पनि ह्यामस्ट्रिङको चोटबाट फिट भएका छैनन् ।
February 6, 2019 10:53 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)