

आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालले कास्य पदक

काठमाडौं, २३ माघ । आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् । टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका हुन् । च्याम्पियनशिपमा मोरक्कोका खेलाडी बिलाल एक खात्ताबियालाई अङ्कको आधारमा हराएर श्रेष्ठ सेमिफाइनलमा पुगेका थिए ।
सेमिफाइनलमा उनी रुसका आन्द्रि ग्राभोभास्कीसँग पराजित भएको प्रशिक्षक कविराज नेगी लामाले बताउनुभयो । सो स्पर्धामा रुसका आन्द्रिले स्वर्ण तथा क्रोएशियाका डामागोज बुझसिचले रजत जिते । श्रेष्ठसँगै इटालीका रिकार्डो जिमेरम्यानले कास्य पदक जिते ।
विश्व च्याम्पियनशिपमा नेपालले पहिलो पटक पुम्सेमा सहभागिता जनाएको हो । पहिलो सहभागितामै पदक जित्न सफल भएको प्रशिक्षक लामाले जानकारी दिनुभयो । प्रतियोगितामा ६९ मुलुकका ४२५ खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् ।
February 6, 2019 11:56 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

