बराबरीमा रोकियो क्लासिको , मेस्सीले जादु देखाउन सकेनन् (भिडियो सहित)
झापा । स्पेनिस कप कोपा डेल रे फुटबल अन्तर्गत गएराती भएको स्पेनको दुई ठुला क्लब बिचको एल क्लासिको अर्थात् बार्सिलोना र रियल मड्रिडबिचको खेल १-१ गोलको बराबरीमा रोकिएको छ ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलमा सुरुवाती गोल भने रियल मड्रिडले गरेको थियो। खेल सुरु भएको छैटौँ मिनेटमै रियलकालागि लुकास भास्केसले गोल गरेका थिए। पहिलो हाफमा उत्कृष्ट खेल खेलेको रियलले बार्सिलोनालाई निकै दवाबमा राखेको थियो। बार्सिलोनाले गोल गर्न नसक्दा पहिलो हाफ १-० मा सकिएको थियो । दोस्रो हाफको सुरुदेखिनै आक्रामक फुटबल खेलेको बार्सिलोनाकालागि ५७ औं मिनेटमा ब्राजिलियन खेलाडी माल्कमले गोलगर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।
६४ औं मिनेटमा बार्सिलोनाका कप्तान मेस्सी मैदान प्रवेश गरेपछि मड्रिड अझ दवाबमा परेको थियो। बार्सिलोनाका लागि मेस्सिले केहि उत्कृष्ट अवसर सिर्जना गरेपनि त्यो सिर्जनाालाई उनका सहकर्मीहरुले सफल बनाउन सकेनन्।९० मिनेट पछि ३ मिनेट अतिरिक्त समय खेलाईएको खेलमा दुवै टिमले थप गोल गर्न नसक्दा खेल १(१ को बराबरीमा सकिएको थियो।
दुई टिमबीच दोस्रो लिग २८ फेब्रुअरी मा रियलको होम ग्राउण्डमा हुनेछ । त्यस पश्चात् फेरी केही दिन पश्चात् यि दुई टिमले घरेलु लिग अन्तर्गत आफ्नो दोस्रो खेल खेल्नेछन् । भिडियो यस्तो छ
February 7, 2019 1:44 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)